९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

विजयनगर गाउँपालिकाः धार्मिक स्थलमा ५ जना भन्दा बढीलाई पूजा गर्न प्रतिवन्द



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा धार्मिक स्थलमा ५ जना भन्दा बढीले पूजा अराधना गर्न नपाईने निर्णय गरेको छ ।

गाउँपालिका भित्र रहेको मन्दिर, मस्जिद र चर्चमा ५ जनाले मात्र पूजापाठ, नमाज पढ्न पाउने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भएको छ । सोही ५ जनाले निरन्तर प्रत्येक दिन पूजा प्राथना गर्न पाउने उहाँले बताउनु भयो ।

उक्त धार्मिक स्थलहरुमा पाँच जना भन्दा बढीले प्रबेश गरेमा धर्म गुरु अगुवाई गर्ने व्यक्तिलाई नियमानुसार कारवाही गर्ने थापाले बताउनुभयो । अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढ्दै गएकोले सामाजिक दुरी कायम राख्नका लागि यस्तो निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारले लगाएको लकडाउनको पालना गर्नुको साथै कोरोना महामारीलाई नियन्त्रण गर्न सामाजिक दुरी कायम गर्न सबै आग्रहसमेत गर्नुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०७७ शनिबार ००:००  ८ : ५३ बजे