मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संघले आफनो स्थापना दिवसमा उदाहरणीय काम गरेको छ । दिवसको अवसरमा नेवि संघ र तरुण दल कपिलबस्तुले अति विपन्न परिवारलाई राहत वितरण गरेको हो ।
नेवि संघ क्षेत्र नम्बर १ कपिलबस्तु शाखाले बाणगंगाको गजेहडा वि.पि स्मृति भवनमा कोरोना महामारीका कारण हात मुख जोर्न कठिन अवस्था भएका एक सय घर परिवारलाई राहत वितरण गरेको हो । राहत वितरण गर्दा छुटेका एक सय परिवारलाई राहत वितरण गरेको जनाइएको छ ।
नेपाली कांग्रेस र नेपाल तरुण दलको सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो । नेपाल विधार्थी संघ र तरुण दल कपिलबस्तुले विगत देखि नै विपन्न वर्गको लागि विभिन्न कार्य गर्दै आएको छ ।
सामाजिक दुरी कायम गरिएको उक्त कार्यक्रममा बोल्दै प्रतिनिधि सांसद अतहर कमाल मुसलमानले नेवि संघ तथा तरुण दलले विगत देखि निरन्तर विपन्न वर्गको लागि काम गर्दै आएको भन्दै कांग्रेस सधै जनताको साथमा रहेको बताउनुभयो ।
कमालले राज्यले राहत वितरण प्रणाली बन्द गर्न निर्देशन दिएको भन्दै राजमार्गमा अलपत्र परेका यात्रीहरुलाई खानपिनका साथै सम्भव भए कपिलबस्तुको सिमानासम्म उनीहरुको यात्रालाई पनि सहयोग पु¥याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले भन्दै जनताका हरेक अप्ठयारा परिस्थितिमा कांग्रेस सधै साथमा रहने बताउनुभयो ।
तरुण दल अध्यक्ष शक्ति सिंह ठकुरी र ने.वि संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले यस क्षेत्रमा भोकै कसैलाई मर्न नपरोस भनि निरन्तर यो कार्य गरेको र जस्तो सुके अप्ठयारो परिस्थितिमा पनि दुःखी, गरीवका घर दैलोमा पुग्ने दाबी गर्नुभयो ।
कार्यक्रममा महासमिति सदस्य दुर्गा सेन, तरुण दल जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, विद्यार्थी नेता दिनेश क्षेत्री, राममणी पौडेल, मिन थापा, टेक बहादुर शाही लगायत स्थानिय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया