गुल्मी ।
गुल्मीको एउटा एम्बुलेन्सले बिरामीको नाममा यात्रु ओसार्ने गरेको पाइएको छ । गुल्मीको मुसिकोटबाट पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि बिरामी लिएर गएको लु२ख १४८० नम्बरको एम्बुलेन्सले गुल्मी चार जना यात्रु लिएर आएको पाइएको छ ।
गुल्मीबाट गएका बिरामीसहित ४ जना र पाल्पाको बर्तुङबाट चार जनालाई राखेर ल्याइँदै गरेको अवस्थामा पाल्पाको ट्राफिक प्रहरीले भेटेको थियो ।
ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वी काफ्लेका अनुसार एम्बुलेन्सले बिरामी बोक्ने नाममा यात्रु ओसार्ने गरेको पाइएकाले तत्कालै एक हजार जरिवाना गराइएको छ । साथै एम्बुलेन्समा सवार ती चारै जनालाई एम्बुलेन्सबाट ओराली चालकलाई आगामी दिनमा गल्ती नगर्ने गरी गुल्मी पठाइएको काफ्लेले जानकारी दिनुभयो ।
प्रतिक्रिया