मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल बिद्यार्थी संघ कपिलवस्तुले आफ्नो ५१ औ स्थापना दिवसका अवसरमा लकडाउनको मारमा परेका ५१ गरिब बिद्यार्थी र बिपन्न पविरालाई खाद्यान्न बितरण गरेको छ ।
कपिलवस्तु नगरपालिका– ६ थमुवा गाउँको बरपर रहेको बिपन्न पविारलाई घर दैलो मै पुगेर खाद्यान्न उपलब्ध गराईएको हो । संघका पुर्व सह–महामन्त्री प्रकाश घिमिरे, संघका जिल्ला सभापति राकेश पाण्डेय, उप सभापति अनिल क्षेत्री, संघका कृष्ण गौतम सहीतको टोलीले घर दैलोमा पुगेर राहत दिएका थिए ।
नगरपालिकाले राहत दिन छुटेका र अति बिपन्न पविारलाई घर दैलामो पुगेर खाद्यलन्न बाडिएको संघका जिल्ला सभापति राकेश पाण्डेयले बताए । अहिलेको बिषम परिस्थितिमा २६ दिन देखि जारी लकडाउनले चमर मारमा परेका बिपन्न पविारलाई राहत दिएर आफुहरुले दिवस मनाएको उनले बताए । ‘हामीले सामाजिक उत्तरदायित्व बहन गर्दै केही परिवारलाई खाद्यान्न बाडेका हौ’ उनले भने ।
नेबि संघका पूर्व सह–महामन्त्री घिमिरेले अहिलेको स्थितिमा भोक भोकै बस्न बाध्य भएका बिपन्न पविारलाई राहत दिएर मलम लगाउन खोजेको बताए । ‘सबै भन्दा मारमा परेका बिपन्न परिवारलाई हामीले केही भए पनि सहयोग गरेका छौ, यसले उनीहरुलाई केही भए पनि राहत भएका छ’ उनले भने । चामल दाल नुन तेल, सोयाबिन लगाउतका सामग्री बाडिएको छ ।
उता दिवसकै अवसरमा नेबि संघ क्षेत्रीय समिति १ नम्बर र सिद्धार्थ क्वास ईकाई समितिले पनि बाणगंगा नगरपालिका– ४ गजेहडाका बिपन्न बिद्यार्थी र पविारलाई खाद्यान्न बाडेको छ । गजेहडामा रहेको बिपी स्मृति भवनमा सय पविारलाई खाद्यान्न बाडिएको हो । संघका क्षेत्रीय सभापति चन्द्रकान्त पाख्रेलले यस बर्ष दिवसका दिन बिपन्न पविारलाई राहत बाडिएको बताए ।
अहिलको कठिन परिस्थितिमा बिपन्न पविारलाई सहयोग गर्न पाएकोमा निकै खुशी लागेका उनले बताए । यस अघि पनि लकडाउन अवधिमा संघ र तरुण दलले मिलेर बाणगंगा नगरपालिकाका बिभिन्न वडा, कपिलवस्तु नगरपालिकाका वडा नम्बर ९, १० र ११ तथा मायादेवी गाउँपालिकामा खाद्यान्न बाँडेका थिए ।
क्षेत्रीय सभापति पोख्रेल दरुण दलका जिल्ला सभापति शक्ति सिंह ठकुरी लगायतका टोलीले खाद्यान्न बाँडेका थिए ।
प्रतिक्रिया