मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा ८ दिनमा ७ सय २३ जनाको र्यापिड टेस्ट भएको छ । शुक्रवार ५ पालिकामा कुल ४९ टेस्ट भए । कपिलवस्तु नगरपालिकामा ५, बाणगंगामा ४, कृष्णनगरमा ६, बुद्धभूमिमा १६ र बिजयनगरमा १८ टेस्ट भएका छन ।
अहिलेसम्म सबैको नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । टेस्टका लागि सुरुमा सात सय किट प्राप्त भएको थियो । ३ दिन अघि प्रदेश सरकारबाट थप ३ सय किट पाईएको भगतले बताए ।
अहिलेसम्म बिजयनगर गाउँपालिका १ सय ८३, महराजगंज नगरपालिका २ सय ८ शुद्धोदन गाउँपालिकामा ६०, मायादेबी गाउँपालिकामा ८२ कृष्णनगर नगरपालिकामा ५१ शिवराज नगरपालिकामा ३८ जनाको टेस्ट भएको छ ।
यस्तै कपिलवस्तु नगरपालिकामा २५ यशोधरा गाउँपालिकामा ४१ र बाणगंगा नगरपालिकामा ८ जनाको टेस्ट बुद्धभूमिमा ३० भईसकेको छ । क्वारेन्टाईनमा १४ दिन बसेकोहरुको टेस्ट भएको भगतले बताए ।
कपिलवस्तुमा शनिवारसम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेन्टाईन बेडमा ९ सय ४९ जना रहेकोमा ७ सय ७७ डिस्चार्ज भई हाल १ सय ७२ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिनु भयो ।
प्रतिक्रिया