मायादेवी अनलाइन, कृष्णनगर ।
भारतमा कोरोना संक्रमण फैलाएको मुख्य आरोप लागेको मुस्लिम धर्म प्रचारक संस्था तबलिगीका जमातीहरु कपिलवस्तुको कृष्णनगर क्षेत्रमा लुकेर बसेको दाबी गरिएको छ ।
नेपाल भारतको सीमा क्षेत्रको कपिलवस्तु भित्र जमाती लुकेर बसेको भारतीय चर्चित पत्रिका राष्ट्रिय साहाराले दावी गरेको हो । दिल्ली मकरजवाट आएका तबलिगी जमाती चन्द्रौटा क्षेत्रमा लुकेर बसेको पत्रिकाको दाबी छ । मुस्लिम धर्म प्रचारक संस्थाका रुपमा चिनिएको यसले भारतको निजामुद्धिनमा आयोजना गरेको सम्मेलनवाटै भारतमा कोरोना भाइरसको संक्रमण फैलिएको भारतीय मिडियाको दावी रहँदै आएको छ ।
जावाभारी क्षेत्रमा पाकिस्तानबाट आएका मानिसहरु समेत लुकेर वसेको साहाराले समाचार छापेको छ । राष्ट्रिय साहाराका लागि वढनीवाट रिपोर्टिङ काम गर्ने पत्रकार अजयप्रताप गुप्ताले यो समाचार लेखेका हुन । वढनी कृष्णनगरसंग जोडिएको क्षेत्र पर्छ ।
निजामुद्धिनवाट नेपाल प्रवेश गरेका २६ जना कृष्णनगर स्थित लक्ष्मी नगरवाट नेपाल प्रवेश गरेको भारतीय मिडियाको दावी छ । जमातीहरु चन्द्रौटाको सिद्रा वजारमा रहेको एक घर र शिवराज-६ को एक ईटा भट्टामा लुकेर उनीहरु वसेको श्रोतको दावी छ । सोही दावी अनुसार वडा प्रहरी कार्यालय चन्द्रौटाले दुई दिन अघि छापा हानेको थियो । छापा हान्नु पूर्व धार्मिक रुपमा आरोप लाग्न सक्ने भन्दै स्थानीय तीन मुस्लिम अगुवालाई साथमा लिएको थियो । सोही क्रममा सूचना लिक भएपछि उनीहरुले वसाई सरेको वताइएको छ ।
प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले यो विषयमा अहिले प्रहरी र प्रशासन लगाएर खोज तलास जारी राखिएको बताउनुभयो । भारतीय मिडियाले भने जस्तो जमाती फेला परि नसकेको पौडेलले बताउनुभयो ।
प्रदेश मदरसा वोर्डका उपाध्यक्ष मौलाना मशसुद खाँ नेपालीले नेपालको कृष्णनगर क्षेत्रमा तबलिगीका जमातीहरु खासै नभएको बताउँनुभयो । यो विषयमा आफुहरुले प्रशासनसंग समन्वय गरेर मदरसाको अनुमगन गरेको खाँले मायादेवी अनलाइनलाई बताउनुभयो ।
प्रतिक्रिया