९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

इजरायलमा राजनीतिक संकटः चौथो पटक आमचुनाव हुने सम्भावना



एजेन्सी ।
सरकार गठनको म्याद सकिएपछि इजरायलमा चौथो पटक आमचुनाव हुने सम्भावना बढेको छ ।

इजरायलका पूर्व सैन्य प्रमुख बेन्नी गान्जले राष्ट्रिय एकताको सरकार निर्माणका लागि गरेको प्रयास सफल नभएपछि चौथो चुनावको अवस्था आउन लागेको हो ।

फागुन १९ मा सम्पन्न चुनावमा गान्जको लिकुड पार्टी र उनको गठबन्धनले कुल ५८ सिट जितेका थिए जुन सरकार गठनका लागि आवश्यक सिट संख्याभन्दा ३ सिटले कम हो ।

सो चुनावमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी ३६ स्थान जितेर संसदभित्र सबैभन्दा ठूलो दल बनेको थियो ।

नेतन्याहूलाई अन्य दलले समर्थन नदेखिएपछि गान्ज नयाँ प्रधामन्त्री बन्ने र इजरायलमा नेतन्याहु युग समाप्त हुने ठानिएको थियो तर त्यसो हुन सकेन ।

अब एकिकृत सरकार गठन गर्ने जिम्मा राष्ट्रपतिले संसदलाई दिएका छन् र सरकार गठन नभए इजरायलसँग चुनावमा जानुको विकल्प छैन ।

इजरायलको संवैधानिक कानुन अनुसार अबको २१ दिन भित्र प्रधानमन्त्रीमा कोही पनि मनोनीत नभएमा अगस्ट ४ सम्म नयाँ चुनाव हुनेछ ।

इजरायलको संसद १२० सदस्यीय रहेको छ र बहुमतको सरकार गठन गर्न ६१ स्थान आवश्यक पर्दछ ।

इजरायल अप्रिल २०१९ देखि लामो राजनीतिक संकटमा छ । पहिलो चुनावपछि सरकार गठन हुन नसकेपछि पुनः त्यहाँ दुई चुनावहरू भए । ती चुनावबाट पनि सरकार गठन नभएपछि त्यहाँ राजनीतिक संङकट जारी रहेको छ ।

देशमा कोरोना भाइरस संकटमा जाँदै गर्दा गान्ज नेतान्याहूसँगको राष्ट्रिय एकताको लागि वार्ता गर्न सहमत भएका थिए ।

तर, उनीहरूले वार्ता जारी रहेको बताए पनि यतिका दिनसम्म दुबै पक्ष कुनै सम्झौतामा पुग्न सकेका छैनन् ।

प्रकाशित मिति : ६ बैशाख २०७७ शनिबार ००:००  १२ : ०६ बजे