दाङ ।
देशका विभिन्न ठाउँबाट दाङको तुलसीपुरमा आइपुगेका १ सय नौ जनालाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गन्तव्यसम्म पुर्याइएको छ ।
उनीहरुलाई उपमहानगरपालिकाको पहलमा सल्यान ,रुकुम र बबई गाउँपालिकासम्म पठाइएको तुलसीपुर उपमहानगरपालिका ५, का अध्यक्ष बिरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।
रोजगारीको सिलसिलामा पोखरा, गोरखा, सिन्धुपाल्चोक,धादिङ्ग काठमाडौ पुगेका उनीहरु दश दिन हिँडेर तुलसीपुर आइपुगेका थिए । तुलसीपुरमा रहेको विरेन्द्र चोकमा अलपत्र परेका १ सय ९ जनालाई सम्बन्धित पालिकाको सहकार्यमा गन्तव्यसम्म पुर्याइएको हो ।
६ बैशाख २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया