काठमाडौं ।
भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ । २४ घण्टामा मात्रै भारतमा ९२२ संक्रमित थपिँदा ३८ जनाले ज्यान गुमाएका छन् । योसँगै त्यहाँ संक्रमितको कूल संख्या १४ हजार ३५२ पुग्दा ४८६ जनाको मृत्यु भएको छ । भारतमा २ हजार व्यक्ति उपचारपछि घर फर्किँदा ११ हजार ८ सय संक्रमितको उपचार जारी छ । त्यहाँ अहिलेसम्म ३ लाख ३५ हजार बढी व्यक्तिले कोरोना परीक्षण गरेका छन् ।
अमेरिकामा संक्रमितको संख्या ७ लाख नाघ्यो, एकै दिन २५ सय बढीको मृत्यु
वर्ल्डोमीटरका अनुसार पाकिस्तानमा कोरोना संक्रमितको संख्या ७ हजार नाघेको छ । शुक्रबार १०६ जना थपिएसँगै त्यहाँ संक्रमितको संख्या ७ हजार नाघेको हो ।
२४ घण्टामा ७ जनाको ज्यान गएसँगै पाकिस्तानमा मृतकको संख्या १ सय ३५ पुगेको छ । १७ सय बढी व्यक्ति निको हुँदा पाकिस्तानमा ५ हजार बढीको उपचार छ । हालसम्म त्यहाँ ८४ हजार बढी व्यक्तिले कोरोना परीक्षण गरेका छन् ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट फैलिएको यो भाइरसका कारण शनिबार बिहानसम्म विश्वभर २२ लाख ४८ हजार बढी व्यक्ति संक्रमित भइसकेका छन् । जसमध्ये १ लाख ५४ हजारको मृत्यु हुँदा ५ लाख ७१ हजार संक्रमित भने उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया