९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

दाङमा ५७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ




दाङ । दाङमा अहिलेसम्म कोरोनाको आशंकामा परीक्षण गरिएका सबै ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । रिपोर्ट नेगेटिभ आएकाहरू सबैलाई होम क्वरेन्टीनमा रहने गरी शुक्रबार बिहान डिस्चार्ज गरिएको छ ।

अहिले बेलझुण्डीको कोरोना विशेष अस्पतालको आइसोलेसनमा कोही पनि छैनन् । कोरोना विशेष अस्पताल बेलझुण्डीबाट यसअघि ४० जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।

पछिल्लो पटक १७ जनाको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएसँगै जिल्लाबाट स्वाब परीक्षण गरिएकाहरूको संख्या ५७ जना पुगेको छ । दाङका विभिन्न पालिकाले बनाएका क्वरेन्टीनमा रहेका १७ जनाकोर्‍यापिड टेस्ट गरिएको हो

उनीहरूको नतिजा पनि नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले बताउनु भयो । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका आठ जनाको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भेटिएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  ७ : ०२ बजे