९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सासंद केसीको पहलमा पैदलयात्रु सवारी चढ्न पाए, ८० जनालाई खाना खुवाईयो



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तु प्रदेश नं. ५ का सासंद अर्जुन कुमार केसीको पहलमा काठमाडौंबाट पैदलमार्ग हुँदै शिवपुर आएका यात्रुहरुलाई गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइएको छ ।

पाँच दिने पैदलयात्रा हुँदै पश्चिम जान हिडेका पैदलयात्रीलाई शुक्रबार गन्तव्य तर्फ पठाइएको हो । साथै शिवराज–१ शिवपुरमा पैदलयात्रुलाई खाना खुवाईउने व्यवस्था पनि मिलाइएको छ । उनीहरु तीन दिन देखि भाकभोकै रहेको पनि बताइएको छ ।

शुक्रबार ८० जना पैदलयात्रुलाई खाना खुवाएको युवा व्यवसायी गणेश केसीले बताउनुभयो । शिवपुरका युवाहरुले अब १५ गतेसम्म पैदलयात्रुलाई खाना खुवाउने अभियानमा जुटेको केसीले जनाउनुभयो ।

विहान १० बजे देखि शिवपुरको बैलोती चौकमा रहेको हाट बजारमा यात्रुहरुलाई खाना खुवाउने अभियान संचालन गरिने स्थानीय तथा शिवपुर स्वास्थ्य चौकीका अधिकृत लेखनाथ पौडेलले जानकारी दिनुभयो ।

राजधानीबाट पैदल हिडेर पश्चिमको दाङ्ग, प्युठान, रोल्पा र नेपालगञ्ज जाने यात्रुहरुलाई उज्यालो बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष युवराज घिमिरेको पहलमा स्थानीय युवा र समाजसेवी व्यतिmहरुले पनि खानाको प्रबन्ध गरेका थिए ।

विश्व अहिले कोरोना भाइरसको संक्रमण रोकथाममा जुटेको छ । नेपाललाई पनि यसले असर गरेको छ । अहिलेसम्म नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । जसमा एक जना निको भएर घर फर्किसकेका छन् ।

लामो समय ‘लक डाउन’ लम्बिदा देशका विभिन्न स्थानमा मजदुरीका लागि पुगेका मजदुरहरु अहिले धमाधम घर फर्किरहेका छन् । सयौं किलोमिटर दुरीको यात्रा गर्दा ती मजदुरहरु भोकभाकै रहेको भन्दै विभिन्न क्षेत्रबाट खाना खुवाउने प्रबन्ध मिलाउन थालिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  ४ : १४ बजे