एजेन्सी ।
ब्राजिलियन स्टार खेलाडी नेयमारले आफ्नो पूर्व क्लब बार्सिलोनामा फर्किन केही समय कुर्नु पर्ने हुन सक्छ ।
किनकि बार्सिलोनाले यस ट्रान्सफर विन्डोजमा पेरिस सेन्ट जर्मेन (पीएसजी) स्ट्राइकर नेमारलाई पुनः हस्ताक्षर गर्ने सम्भावनालाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार मध्यमका अनुसार बार्सिलोनामा यस ट्रान्सफर विन्डोजमा नेयमार अनुबन्ध गर्न नसकिने बताइएको छ ।
कोरोना भाइरसका कारण आर्थिक संकट परेकाले अहिले नेयमारका लागि कदम चाल्न नसकने क्लबले जनाएको छ । “कोरोनाका कारण क्लबलाई ठूलो आर्थिक संकट परेको छ । यसको मतलब के हो भने हामी अहिले नेमारका लागि कदम चाल्न सक्ने अवस्था छैन,” क्लबले भन्यो ।
प्रतिक्रिया