१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुमा १२ हजार ६ सय ४७ जना बिपन्न परिवारलाई राहत बाँडियो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा लकडाउनका कारण समस्यामा परेका १२ हजार ६ सय ४७ बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । पहिलो चरण अन्तर्गत जिल्लाका १० पालिकाद्धारा बिहीवारसम्म उक्त परिवारलाई राहत प्रदान गरी सकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्लाका २२ हजार बिपन्न परिवारलाई राहत बितरण गर्ने गरी लगत संकलन गरिएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जिल्लाका १० वटै पालिकाले पहिलो चरणको राहत बितरण जारी राखेको बताए ।

बिहीवार ६ सय २९ पविारलाई राहत बाँडिएको छ । प्रति परिवार १० देखि ३० किलो चामल तथा दाल, नुन तेल लगायतक खाद्यान्न बितरण गरिएको हो । राहत बितरणका लागि जिल्लामा १० वटै पालिकाको गरी कुल ५ करोड ६४ लाखको बिपद ब्यवस्थापन कोष खडा गरिएको छ ।

बिपन्न परिवार छान्न नै सकस भएको पालिकाहरु बताउँछन । कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहले सरकारले ताकेको मापदण्ड अनुसार बिपन्न परिवारको लगत संकलन गर्न निकै कठिनाई भएको गुनासो गरे ।

उनले संघ र प्रदेश सरकारले गरिब र बिपन्न परिवारलाई राहत बाड्न थापेको जिम्मेवारीले आफुहरुलाई निके अप्ठेरो बनाएको बताए ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  २ : ४८ बजे