९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुको शिवराजले लकडाउनलाई थप कडाइ पार्‍यो



मायादेवी अनलाइन, चन्द्रौटा ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न चैत्र ११ गतेदेखि लकडाउन जारी छ । लकडाउनलाई सफल पार्न र यो अवधीभर आफ्नै घरमा बस्न कपिलवस्तुको शिवराज नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ ।

शिवराज नगरपालिकामा गठित नगर विपद व्यवस्थापन समितिले आवश्यक सेवा वाहेक नगर क्षेत्रका सम्पुर्ण पसल, उद्योग बन्द गरेको छ भने भिडभाड हुने कुनै पनि कार्य निषेध गरेको छ ।

खाद्यान्न, तरकारी, माछा, मासु, डेरी पसल बिहान ६ देखि १० बजे सम्म र औषधी पसल बिहान र साँझको समयमा खोल्न शिवराज नगरपालिकाले सुचना जारी गरेको छ ।

सूचनालाई अटेर गरी पसल खोले र विना कारण हिडडुल गरे कानून अनुसार कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिनुभयो ।

शिवराज नगरपालिकाको विपद व्यवस्थापन समितिको समिक्षा बैठकले लकडाउनपछि समस्यामा परेका परिवारलाई दोस्रो चरण अन्तरगत राहत बाड्ने समेत निर्णय गरेको छ ।

Image may contain: text

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  २ : २८ बजे