९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पाकिस्तानी क्रिकेटरबीच म्याच फिक्सिङको विषयमा ट्वीटरमै भिडन्त



एजेन्सी ।
पाकिस्तानी पूर्वक्रिकेटरद्वय दानिश कनेरिया र फैसल इकबालबीच लडाइँ सुरु भएको छ । दुईबीच ट्वीटरमा धर्म र म्याच फिक्सिङको विषयलाई लिएर लडाइँ सुरु भएको हो ।

दुवै खेलाडीबीच एक भिडियोबाट सुरु भएको लडाइमा एक समयका उत्कृष्ट पाकिस्तानी स्पिनर बलर कनेरियाको बलिङमा वेस्टइन्डिजका दिग्गज ब्याट्सम्यान ब्रायन लाराले एकपछि अर्को छक्का प्रहार गरेको देखिन्छ ।

खेलमा कनेरियाले उस्काएपछि लाराले एकपछि अर्को छक्का प्रहार गरेको थिए । यस भिडियोमा पाकिस्तानका पूर्वब्याट्सम्यान फैसल इकबालले लेखे, “म आफैं यस खेलमा १२औं खेलाडी थिए । कनेरियाको ब्याङ्गेका कारण मैले किङ लाराका एकपछि अर्को छक्का हेर्ने अवसर पाए । त्यसपछि स्पिनर कनेरिया स्वयम आफैंदेखि लज्जित देखिएका थिएँ ।”

भिडियोमा इकबालले लेखेको कनेरियालाई मन परेन । उनले जवाफी ट्विटमा लेखे, “ब्रायन लारा राम्रा क्रिकेटर थिए । तर मैलै उनलाई पाँचपटक आउट पनि गरेको थिएँ । इकबाल आफ्नो करियरको आँकडा पनि हेर्नुस् । र त्यो पनि भन्नुस् कि मैले पाकिस्तानलाई कति खेल जिताएँ ।”

त्यसपछि इकबालले दोस्रो ट्विट गर्दै म्याच फिक्सिङको विषय उठाएका छन् । उनले ट्विटरमा खेलेका छन्, “मेरो करियरको आँकडामा झुटो र फिक्सिरभन्दा उत्कृष्ट छ । कसले पैसाका लागि आफ्नो आत्मा बेचेको छ । सहानसभूति हाँसिल गर्न २४÷७ धर्म कार्डको प्रयोग गरिरहेको छ । देशको झण्डा शिरमा लगाएर मैले प्रदर्शन गरे र मेरो सबै आँकडामा गर्व छ । यसमा कुनै दाग छैन ।”

कनेरियाले पुनः ट्विटमा लेखे, “मैले पैसाका लागि कहिलै पनि आफ्नो देश बेचेको छैन र मलाई पाकिस्तानी हुनुमा गर्व छ । तर, धेरै खेलाडीले आफ्नो देश बेचेका छन् । उनलाई आज पनि स्वागत गरिँदै छ । के तपाईं यो विषयमा कुरा गर्न इच्छुक हुनुहुन्छ रु”

रिपोर्टअनुसार पाकिस्तानी क्रिकेटर कनेरिया हिन्दु भएको उल्लेख गरिएको छ । इंग्ल्यान्ड क्रिकेट बोर्डले उनीमाथि लगाएको फिक्सिङको आरोपबाट बचाउन पाकिस्तान बोर्डले कुनै सहयोग गर्न नखोजेको रिपोर्टले जनाएको छ । त्यस्तै फिक्सिङको आरोपमा प्रतिबन्ध र जेल सजाय काटेका मेहम्मद आमिरलाई पाकिस्तानी क्रिकेट टिममा पुनरागमन गराएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  २ : ०० बजे