९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

सिरी एको प्रशिक्षण मे चारबाट सुरु गर्ने तयारी



एजेन्सी ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण खेलकुद जगतमा हाल कुनै पनि प्रतियोगिता भएका छैनन् । विशेष गरी चर्चामा रहेका युरोपियन फुटबल लिगहरु बन्द छन् । युरोपियन फुटबल लिगका प्रशिक्षण पनि रोकिएका छन् ।

पछिल्लो समय जर्मन बुन्डेस लिगाको वायर्न म्युनिखले प्रशिक्षण सुरु गरेको छ । त्यस्तै स्पेनिस ला लिगाको रियल सोसिडाडले पनि आफ्नो पुनः प्रशिक्षण सुरुआत गरेको छ । तर, इटालियन क्लबहरुले भने यति छिटो नै रिक्स लिन चाहेका छैनन् ।

इटालियन खेलकुद मन्त्री भिकेन्जो स्टाफोराले सिरी ए को पुनः प्रशिक्षण मे चारबाट सुरुआत गर्ने बताएका छन् । तर, उनले कोरोनाको संकट त्यो समयसम्म अन्त्य भइसक्ने अवस्था हेरेर मात्र तयारी गर्ने बताए ।

“हामीलाई विश्वास छ कि मे चारबाट सम्भव भएसम्म सिरी ए को पुनः प्रशिक्षण सुरुआत गर्नेछौं । मरो सोचमा यो दिन याद छ । तर, तयारी भने बन्द प्रशिक्षण स्थलमा हुनेछ,” उनले भने ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  १ : ५७ बजे