९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

‘मनकारी’ कपिलवस्तु बुड्ढीका युवा, जसले व्यक्तिगत पैसा उठाएरै पैदलयात्रीलाई नास्ता खुवाए



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका बुड्ढीका युवाहरुले मनकारी काम थालेका छन् । वडा नं. ४ बुड्ढीमा रहेका युवाहरुले पूर्व पश्चिम राजमार्गमा आवात जावत गर्ने पैदलयात्रीलाई खाजा खुवाएका हुन् ।

बुड्ढी चोकमा दुई दर्जन बढी पैदलयात्रुलाई चाउचाउ, विस्कुट, चिउरा र पानी दिएर आफुहरुले दुःखको बेला सहयोग गरेको अभियानका अगुवा दिपक खनालले जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले झण्डै एक महिनादेखि लकडाउन गरेको भएपनि देशका विभिन्न स्थानमा कामका लागि पुगेका मजदुरहरु घरसम्म पुग्न कष्ट गरिरहेका छन । लामो लकडाउनले खान र बस्न समस्या भएपछि अस्थाई रुपमा बसोबास गर्दै आएका ठाउँ छाड्दै मजदुरहरु घरतर्फ लामो दुरीको बाटो तय गरी हिडिरहेका छन ।

यो बेला पैदलयात्रीलाई खान र बस्न निकै कष्ट भएको छ । बुड्ढीका युवाहरुले यसैलाई मध्यनगर गरी शुक्रबार देखि खाजा नास्ताको प्रबन्ध मिलाएका हुन । शनिबार पनि यो अभियान जारी राख्ने र आइतबार भात पकाएर खुवाउने गरी काम भैरहेको खनालले मायादेवीलाई बताउनुभयो ।

अधिकांश मजदुरहरु पूर्वबाट दाङ, बाँके, बर्दिया र कैलालीका रहेको उहाँले बताउनुभयो । यो अभियानमा बुड्ढी क्षेत्र पन्ध्र, बीस जना युवा खटिएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७ शुक्रबार ००:००  १ : ५१ बजे