१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कतारबाट आई लुकेपछि प्रहरीको सर्वाधिक खोजीमा रहेका बाणगंगाका एक युवक सम्पर्कमा



मायादेवी अनलाइन, चारनम्बर ।
विदेशबाट आफ्नो घर कपिलवस्तु आएर लुकेको भनिएका बाणगंगाका एक युवकलाई भेटिएको छ । गत चैत्र ४ गते कतार एयरबाट आएका भनिएका बाणगंगा नगरपालिका वडा नम्बर ९ घर भएका माधव पौडेल प्रहरीको सम्पर्कमा नआए पछि खोजी जारी रहेकोमा विहीबार फेला पारिएको हो ।
बाणगंगा नगरपालिका र इलाका प्रहरी कार्यालय पिपराको सक्रियतामा उनलाई फेला पारिएको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनु भयो ।

कोरोना संक्रमित युवतीसंगै आएको भनेर प्रहरीको हेड क्वाटर टोलीले उनलाई खोजी सूचीमा राखेर खोज्न भनेको थियो । तर उनलाई फेला पार्न सकिएको थिएन । स्वास्थ्य शाखा प्रमुख पौडेलका अनुसार उनी १४ दिन होम क्वारेनटाइनमा बसेको बताइएको छ । पौडेलले पनि १४ दिने होमक्वारेनटाइमा घर बाहिर ननिस्किएको बताएका छन् ।

उनलाई अहिले नगरले कोपवामा बनाएको क्वारेण्टाइनमा राखिएको छ । पारिवारिक श्रोतका अनुसार अहिले उनको अवस्था ठिक रहेकोे जनाएको छ । उनका कुनै पनि कोरोना लक्षण देखिएको छैन भने घरमा बस्दा पनि कुनै त्यस्ता समस्या नभएको बताइएको छ । उनी नेपाल आएको विहिबार २९ दिन भैसकेको छ । त्यसैले उनमा कुनै कोरोना जोखिम नरहेको बताइएको छ । यद्यपी पौडेल केही दिन नगरपालिकाको क्वारेनटाइनमा बस्ने छन् भने उनको दूत परीक्षण (आरडिटी टेस्ट) भने हुने छ ।

त्यसैको रिपोर्टको आधारमा पौडेललाई डिस्चार्ज गरिने पौडेलले बताउनु भयो । पौडेलका अनुसार पौडेलसंगै कतारबाट आएका २ जना र साउदीबाट आएका एक जना पनि कोपवा क्वारेनटाइनमा छन् । उनीहरु दुवैको घर बाणगंगा ९ मा रहेको छ । उनीहरु सबैको अवस्था स्वस्थ रहेको र उनीहरुको पनि द्रुत परीक्षण हुने जनाइएको छ । यस्तै विदेशबाट आएका एक जनालाई बुङचीमा बनाइएको क्वारेनटाइनमा राखिएको पनि पौडेलले मायादेवी अनलाइनलार्ई बताउनु भयो ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ७ : ३० बजे