१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमि–५ ले २ सय २९ परिवारलाई राहत बाड्दै



मायादेवी अनलाइन, बुद्धभूमि ।
गत चैत्र ११ गतेदेखिको लकडाउनका कारण मर्कामा परेका विपन्न, गरिव तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर ५ ले वडाका गरिव तथा विपन्न परिवारलाई विभिन्न खाद्यान्न सामग्री वितरण गरेको हो ।

अहिलेसम्म वडा भित्रका १ सय ५० बढीलाई खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष बेचनप्रसाद यादवले जानकारी दिनुभयो । उहाले दैनिक ज्यालादारी गरी खाने वर्ग लामो समयको लकडाउनले मर्कामा परेको भन्दै वडाले खाद्यान्न सहयोग गरेको बताउनुभयो । वडाले विपन्न तथा गरिब २ सय २९ परिवारलाई राहत वितरण गर्ने जनाएको छ ।

वडा भित्रका गरिव तथा विपन्न वर्गको लगत संकलन गरी उनीहरुलाई राहत वितरण गरिएको वडा सचिव निरज विक्रम थापाले जानकारी दिनुभएको छ । परिवार संख्याको आधारमा खाद्यान्न वितरण गरिएको भन्दै कोहीपनि वडाबासी भोकभोकै बस्नु नपर्ने थापाले बताउनुभयो ।

५ जना परिवार संख्या भएकालाई २५ किलो चामल, तेल, नुन, साबुन, दाल प्रदान गरिएको छ सो भन्दा बढी परिवारलाई प्रतिब्यक्ती ५ किलोका दरले चामल लगाएतका सामग्री वितरण गरिएको वडाले जनाएको छ । वडा सदस्य, समाजसेवी लगाएतको उपस्थितीमा सामाजिक दुरी कायम गर्दै राहत वितरण गरिएको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ७ : २१ बजे