१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

बुद्धभूमिको विपत व्यवस्थापन कोषमा ७८ लाख ९१ हजार जम्मा, दुई बैंकले गरे जिन्सी सहयोग



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा ७८ लाख ९१ हजार जम्मा भएको छ । गोरुसिंगेस्थित एनएमबी बैंकमा खोलिएको खातामा विहीबार दुई सामुदायिक बनले पच्चिस, पच्चिस हजारका दरले ५० हजार जम्मा गरेका छन ।

बुद्धभूमि १ मा रहेका आर्दश सामुदायिक बन र जुरपानी सामुदायिक बनले २५÷२५ हजारका दरले कोषमा रकम जम्मा गरेको नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नगरपालिकाले कोषमा ७५ लाख राखेको छ भने किडार्क नेपाल संस्थाले दुई लाख ४१ हजार दिएको छ । बुद्धभूमि १ बम विशाल पोख्रलले एक लाख रकम जम्मा गरेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिका भित्र रहेका एनएमबी बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले जिन्सी सहयोग गरेका छन् । एनएमबीले ७ सय ५० केजी चामल, १ सय ५० केसी मसुरोको दाल, १ सय लिटर तेल र ५० केजी नुन सहयोग गरेको छ । यस्तै तिनाउ मिसनले ३ सय ६० केजी सोना मन्सुरीको चाम सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले राहत वितरणको कामलाई पनि जारी राखेको छ । आज नगरका सबैजसो वडाले राहत वितरण गरेका छन । वडा नं. २ का सुरु भएको राहत वितरण नगरका १० वटै वडामा सञ्चालन भैरहेको बताइएको छ ।

अबका केही दिनमा राहत वितरण बाँडेर सकिने नगर प्रमुख श्रेष्ठले मायादेवीलाई बताउनुभयो । नगरपालिकाले २८ सय ५१ घरधुरीलाई राहत बाड्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ६ : १९ बजे