मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा क्वारेनटाइनमा बस्ने क्रमश घट्दै गएका छन । जिल्लाका १० स्थानीय तहले निर्माण गरेका २ स २२ बेडको क्वारेनटाइनमा विहीबारसम्म १ सय ६८ जना मात्र रहेका छन् ।
पछिल्लो एक हप्तामा क्वारेनटाइनमा बस्ने घटेका हुन् । १४ दिन अनिवार्य क्वारेनटाइनमा बस्नुपर्ने नियम छ । १४ दिन पुगेकालाई विस्तारै घर पठाइएको र नयाँ कोरोना आंशका लागेका नभेटिएकाले क्वारेनटाइनमा बस्ने घटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार विहीबारसम्म ७ सय ५४ जना डिस्चार्ज भैसकेका छन् । अहिले जिल्लाको विजयनगर गाउँपालिकामा सबैभन्दा बढी ५३ जना क्वारेनटाइनमा रहेका छन भने मायादेवी गाउँपालिकामा कुनै पनि क्वारेनटाइनमा छैनन । महाराजगञ्ज नगरपालिकामा २८, बुद्धभूमि नगरपालिकामा २७, शिवराज नगरपालिकामा १७, कृष्णनगर नगरपालिकामा ११, शुद्धोधन गाउँपालिकामा १२ जना क्वारेनटाइनमा रहेका छन् ।
यसैगरी कपिलवस्तु नगरपालिकामा ९, वाणगंगा नगरपालिकामा ८ र यशोधरा गाउँपालिकामा ३ जना क्वारेनटाइनमा रहेको प्रशासन कार्यालयले जनाएको छ । बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले विहीबार दुई जना क्वारेनटाइनमा थपिएको मायादेवीलाई जानकारी दिनुभयो । यो संगै बुद्धभूमिमा क्वारेनटाइनमा बस्नेहरु २९ जना पुगेका छन् ।
यता विहीबारसम्म कपिलवस्तुमा ६ सय ३१ जनाको कोरोनाको द्रुत परिक्षण गरिएको छ । आज मात्र १ सय २६ जनाको परिक्षण भएको छ । जसमा कसैको पनि कोरोना संक्रमण भएको रिर्पोट नआएको प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया