१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वाणगंगा–१ मा जेसिजको घरघरमा डाक्टर अभियान



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु जेसिजले सुरु गरेको घरघरमा डाक्टर अभियान विहीबार बाणगंगा १ उप्टहवामा पुगेको छ । अभियानको तेह्रौैँ दिनमा चिकित्सकसहितको टोली आज उत्तमनगगरको प्रगती टोलमा पुगेको हो ।

टोलमा पुगेर टोलीले घरघरमा जनताको ज्वरो जाँच लगायतका काम गरेको अध्यक्ष मनोज कुमार खत्रीले बताउनभयो । अभियानमा कपिलवस्तु सामुदायिक अस्पताल, नेपाल रेडक्रस सोसाईटी बाणगङ्गा उपशाखाको विशेष सहयोग रहेको छ भने वडा नं. १ ले समन्वय गरेको छ ।

अभियानको क्रममा कपिलवस्तु सामुदयिक अस्पतालका सिनियर डाक्टर दिपेन्द्र चन्द र पारामेडिक्स सन्तोष खनालले सर्वसाधारणसंग पनि परामर्श गर्दै आवश्यक सुझाव सल्लाहा दिनुभयो ।

विहीबारको अभियानमा वार्ड नम्बर १ का अध्यक्ष बाल कुमारी पन्त अधिकारी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, समाजेसेवी डोलकराम घिमिरे, वाड सदस्य श्री सन्जु कुमार सारू, अस्पतालका दुर्गा भुसाल, पूर्वअध्यक्ष पोष्टराज गौतम , जेसीजका संस्थापक महासचिव शंकर पान्डे, बाणगङ्गा स्पोर्ट्स एन्ड वेल्फेयर सोसाइटी एवम गजेहडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार खाँण, सागर बेल्वासे, सन्तोष घिमिरे लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७७ बिहिबार ००:००  ५ : २९ बजे