बुटवल ।
लामो समयको लक डाउनका कारण मजुरी गरी खाने श्रमिकको विचल्ली भएको छ । मुख्य गरी बिभिन्न उद्योग कलकारखानामा श्रम गर्न पुगेका मजदुरहरु लक डाउन पुनः थपिएपछि हिाँडेरै लामो यात्रा तय गर्दा विचल्लीमा परेका हुन् । बागमती प्रदेशको हिमाली जिल्ला रसुवाबाट हिँडेरै ठुलो संख्यामा बुटवल आइपुगेका छन् । रसुवाको चिलिमे हाईड्रोपावरमा कार्यरत दाङ र सल्यानका दर्जनबढी मजदूरहरु लकडाउनको कारण समस्यामा परेपछि हिँडेरै बुटवलसम्म आइपुगेका हुन् । उनीहरुले आफ्नो गन्तव्य दाङ र सल्लान रहको बताएका छन् ।
लकडाउनले काम बन्द भएपछि उनीहरुलाई बस्न र खानाको समस्या भएको बताएका छन् । भयो । हिाँडेकाहरमध्ये एक जनाले आफ्नो समस्यामा तीन तहको सरकार मौन रहेको भन्दै दुखेसो पोखेका छन् । घर जानको लागि सयौं किलोमिटर यात्रा पैदल गर्ने मजदुरलाई न रोक्नतर्फ ध्यान दिएको न सवारी साधनमा पठाउनेतिर नै ध्यान दिएको उनीहरुले सडकबाटै संचारकर्मीसंग आक्रोश पोखेका छन् ।
बैशाख १ गते रसुवाबाट हिँडेका ती मजदूरहरुका खुटाहरु आज बुटवल आइपुग्दा सुन्निएका छन् । पसिना पुच्दै हिाँडेका मध्ये तुलाराम महत्राले भने घर दाङको तुलसीपुर हो । अब तिन दिनमा पुग्छौ होला, तर सल्यानका साथीहरु नि हुनुहुन्छ उहाँहरु कहिले पुग्ने टुंगो छैन ।हामी विचल्लीमा परेका छौँ । गरिबलाई हेर्ने कोही रहेनछ ।’
बाटोमा उनीहरुले चाउचाउ र विस्कुट किनेर खाँदै आएका छन् । कति बेला त चाउचाऊ पनि अभाव हुँदै भोकै हिँड्न परेको बताएका छन् । उनीहरुले धेरै थकाई लागेमा प्रतिक्षालयमा केही घण्टा सुत्ने गरेको बताएका छन् ।
यसो त पूर्वपश्चिम राजमार्गमा पर्ने बुटवलमा अहिले पनि बिभिन्न ठउँबाट पदैल नै आउने मजदुरको संख्या धेरै छ । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालले मजदुरहरुलाई सरकारले जहाँको त्यही खाने बस्ने व्यवस्था गरेर राख्न नसकेको बताउनु भयो । उहाँले, उनीहरुलाई राख्न नसेकेमा स्वास्थ्य परीक्षण गरेर गन्तव्मा पठाउनेतर्फ सरकारले काम गनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया