बुटवल ।
सरकारले घोषणा गरेको लकडाउनलाई उल्लङ्घन गर्नेलाई भैरहवामा प्रहरीले कारबाही गरेको छ ।उनीहरुलाई सचेत बनाउन भन्दै सशस्त्र प्रहरीले सडकमै पुसअप गराएको हो ।समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जना कारबाहीमा परेका हुन् ।
उनीहरुलाई अबदेखि घरमै बस्न सचेत गराएर छाडिएको सशस्त्र प्रहरी बल नेपाल नं. ३८ गुल्म (राजस्व तथा भन्सार गस्ती सुरक्षा) रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले बताउनु भयो ।
सिद्धार्थनगर नगरपालिका–१ बाइपास रोडमा भेट्टिएका उनीहरुलाई सम्झाई बुझाई गरेपश्चात अब घरबाट बाहिर ननिस्कने शर्तमा घर पठाइएको उहााले बताउनु भयो । भोलिदेखि लकडाउनलाई पूर्ण रुपमा पालना गराउन अझ कडा रुपमा जाने पनि उहाँले बताउनु भएको छ । प्रहरीको कारबाहि पछि उनीहरु घर फर्किएका छन् ।
प्रतिक्रिया