मायादेवी अनलाइन, शीतगंगा ।
अर्घाखाँचीको शीतंगगा नगरपालिकाले एसईई परिक्षाको तयारी अबस्थामा रहेका बिद्यार्थीहरुका लागि रेडियो कक्षा सञ्चालन गर्ने भएको छ । बुधबार बसेको शिक्षा समितिको बैठकले घरमा स्वअध्ययनमा रहेका बिद्यार्थीहरुका लागि पर्न सक्ने अप्ठेरोलाई मध्यनजर गर्दै रेडियोबाट पढाउने ब्यवस्था गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले जानकारी गराउनु भयो ।
नगरपालिकामा रहेको एक मात्र सञ्चार माध्यम रेडियो शीतगंगाबाट हरेक दिन अब रेडियो कक्षा सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको छ । शीतगंगा नगरपालिकाको सहयोग तथा रेडियो शीतगंगाको ब्यवस्थापन र प्राबिधिक सहयोगमा रेडियो ट्युसन सुरु हुन लागेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिनु भयो ।
यसबाट घरमा रहेका बिद्यार्थी प्रत्यक्ष लाभांबित हुने नगरपालिकाको अपेक्षा लिएको छ । बिषय तथा बिषय शिक्षकहरुको ब्यवस्थापन शीतगंगा नगरपालिकाको शिक्षा शाखाले गर्ने छ । कक्षा सञ्चालनको लागि नगरपालिकामा रहेका १२ वटा माबिका शिक्षक तयारी अबस्थामा राख्ने निर्णय भएको छ ।
प्रतिक्रिया