९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शिवराजले भन्योः राहत सामग्री कुनै गुणस्तरहिन बाँडिएको छैन, सत्यतथ्य बुझेर समाचार लेखौं



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले नगरभित्रका अति विपन्न तथा श्रमिक मजदुरलाई वितरण गरिएको राहत गुणस्तरहीन खाद्यबस्तु नबाँडिएको स्पष्ट पारेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण चुल्हो बाल्न नसकेका परिवारलाई राहत बाँडिएको भन्दै जनमानसमा नकरात्मक अभिव्यक्ति नगरि दिनुहुन शिवराजले सबैमा अनुरोध गरेको छ ।

नगरपालिकाले गठन गरेको राहत सामग्री खरिद तथा वितरण समितिका संयोजक तथा उपमेयर शिवकुमारी थारुले बुधबार एक विज्ञप्ति जारी गरी राहत सामग्रीबारे केही सञ्चार माध्यमको फेसबुक पेजमा प्रचार गलत प्रचार गरिएको प्रति आफुको गम्भिर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

नगरका ११ वटै वडाका १५ सय ८८ घरपरिवारलाई राहत बाँडिएको भन्दै विना प्रमाण सामाजिक सञ्जालमा राहत सामग्रीबारे गलत प्रचार गरिएको प्रति विज्ञप्ति मार्फत आपत्ति जनाइएको छ ।

मंगलबार यो विषयबारे अनुगमन समितिका सदस्यले अनुमगन गर्दा कुनै पनि ठाउँमा त्यस्तो खान नमिल्ने र गुणस्तरहिन राहत वितरण भएको नपाइएको विज्ञप्तिमा जनाइएको छ ।

स्थलगत अध्ययन तथा यथेष्ट प्रमाण विना भ्रामक समाचार सम्प्रेषण गर्न बन्द गरेर विपतको यस समयमा रचनात्मक सहयोग र सहकार्य गर्न आग्रह गरिएको छ ।

दुई तीन दिन अगाडि केही सञ्चारकर्मीले शिवराज नगरपालिकाले बाँडेको राहत सामग्री गुणस्तरहिन रहेको पाइएको भनि केही सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रशारण गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  १० : ५२ बजे