१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

राहत बाड्दै हिडेको तरुण दल र नेविसंघ भन्छः नआत्तिनु, हामी विपन्न वस्तिमै छौं



मायादेवी अनलाइन, चारनम्बर ।
तरुण दल र नेविसंघ क्षेत्र नं. १ कपिलवस्तले बुधबार पजि राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । लक डाउन भएको दिनदेखि अति मारमा परेका निम्न परिवारलाई बिभिन्न चरणमा राहत वितरण गरिरहेका ती दुई संगठनले बुधबार आज दुई पालिकामा राहत वितरण गरेका हुन् ।

आज (बुधबार) कपिलवस्तु नगरपालिका वडा नं. ९, १०, ११ र मायादेवी गाउँपालिका वडा नं. ३ मा रहेका अति बिपन्न १६० भन्दा बढि घर परिवारलाई खाद्यान्न सामग्री जस्तै चामल, दाल, नुन, तेल, लगायतका सामग्री हस्तान्तरण गरिएको तरुण दलका अध्यक्ष शक्ति सिँह ठकुरीले जानकारी दिनुभयो ।

कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सांसद अतहर कमाल मुसलमान, बिभिन्न संघसंस्था र ब्यक्तिको सहयोगमा विशेष सहयोगमा सो राहत वितरण गरिएको ठकुरीले मायादेवी अनलाइनलाई बताउनु भयो ।

राहत वितरण गर्दै सांसद मुसलमानले कांग्रेस सधै गरिबको बस्तिमा रहेको बताउँदै कत्ति पनि नआत्तिन सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ । यो बेला खान नपाएर मजुरी गरेर खाने मजदुरको परिवारलाई बाच्न पाउने अधिकारबाट बन्चित गर्न नहुने भन्दै आफू लागिपरेको उहाँको भनाई छ ।

सांसद कमालले यो विपत्तिमा काग्रेशका दुई भातृ संघ ज्यानको प्रर्वाह नगरी लागेकाले मुक्तकंण्ले प्रसंसा गर्नुभयो । लगत संकलन गर्दा विपन्न ब्यक्तिहरु छुटेर राहत नपाएको भए आफूहरुले त्यस्ता ब्यक्तिलाई सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो ।

तरुण दलका अध्यक्ष शक्ति सिँह ठकुरीले पनि यो विपत्तिमा हरदम आफूहरु गरिब मजदुरको दैलोमा रहेकाले ढुक्क रहन आग्रह गर्नुभयो ।

नेविसंघका नेता चन्द्रकान्त पोख्रेलले बिपत्तिका बेला कोही कसैले राजनीति गर्न नहुने बताउँदै घरमा चुल्हो बल्न गाह्रो पर्नेहरुलाई यतिबेला सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा क्षेत्रीय सभापति शालिकराम चौधरी, बाणगंगा नगर सभापति बिष्णु थापा लगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  ६ : ५३ बजे