१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

वन्यजन्तु सिकारका लागि निस्किएका ४ व्यक्ति वन सुरक्षाकर्मीको फन्दामा



मायादेवी अनलाइन, चारनम्बर ।
सब डिभिजन वन कार्यालय पिपराको टोलीले वन क्षेत्रमा वन्यजन्तु सिकारका लागि निस्केका ४ जनालाई बुधबार बिहान पक्राउ गरेको छ । रुपन्देही जिल्ला कंचन गाउँपालिका वडा नं. ५ भैसाहिका ६९ वर्षीय बान्छु थारु, ५० वर्षीय सुकइ थारु, २८ वर्षीय प्रभु थारु र ३० वर्षीय राजकुमार थारुलाई वन सुरक्षाकर्मीहरुले पक्राउ गरेका हुन् ।

उनीहरुलाई ११ थान जंगली जनावरलाई पासो थाप्ने जालसहित कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. १० वनकट्टीबाट पक्राउ गरिएको सब डिभिजन कार्यालय पिपराका सहायक वन अधिकृत खिलबहादुर तामाङ्गले बताए ।

सामुदायिक वन क्षेत्रमा शंकास्पद गतिविधि गरिरहेको बेला उनीहरुलाई पक्राउ गरिएको हो’, सहायक वन अधिकृत तामाङ्गले भने, ’पक्राउ परेका यी ४ जना सब डिभिजन पिपराको नियन्त्रणमा छन्, उनीहरुको थप अनुसन्धान भइरहेको छ ।’

पक्राउ परेका ४ जना उपर राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्य जन्तु सिकार सम्वन्धी मुद्दा चलाइने र सोही ऐनअनुसार कारवाही प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  ६ : ०२ बजे