मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका सम्पूर्ण नाकामा भोलिबाट कडाई गरिने भएको छ । सिमा नाकामा प्रहरी तथा जनप्रतिनिधी लगायतले निगरानी गरी अन्य स्थानीय तहबाट प्रवेशमा रोक लगाइने भएको हो ।
वाणगंगा नगरपालिका राहत वितरण तथा ब्यवस्थापन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै बैठकले नगरपालिका भित्र अन्य स्थानीय तहबाट तरकारी ल्याउन पनि रोक लगाउने निणर्य गरेको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
अन्यपालिकाबाट तरकारी भित्रदा कोरोनाको जोखिम हुने भन्दै यस्तो निर्णय रहेको पौडेलले बताउनुभयो । उहाँले नगरपालिकाले गरेको निर्णय कडाईका साथ कार्यान्वयन गर्ने पनि बताउनुभएको छ ।
लकडाउनमा लागुऔषध ओसारपोसार तथा यसको सेवन बढेको भन्ने गुनासो स्थानिय जनताबाट आएकाले यस तर्फ कडा निगरानी गर्न पनि प्रहरी प्रशासनलाई अनुरोध गरेको छ । अति आवश्यक पसलहरु बिहान १० बजेसम्म मात्र खोल्ने र सामग्री वितरण गर्दा सामाजिक दुरी कायम गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
लकडाउनको उल्लङ्घन गर्नेमाथि प्रहरी प्रसासन कडा रुपमा प्रस्तुत हुने भन्दै सरकारले जारी गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गरि घरमै बस्न सम्पूर्ण नगरबासीमा अनुरोध गरेको छ ।
बैठकले गत चैत्र २८ र २९ गते वितरण गरेको पहिलो चरणको राहत ब्यस्थीत रुपले सम्पन्न भएको भन्दै नगरपालिकाले स्थापना गरेको राहत कोषमा रकम जम्मा गर्न विभिन्न संघ संस्थालाई आग्रह गरेको छ ।
उप–प्रमुख चक्र अर्यालको अध्यक्षतामा सम्पन्न बैठकका मेयर मंगल प्रसाद थारु, वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया