१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

र्‍यापिड टेस्टमा पोखरामा पनि भेटियो एक महिलामा पोजेटिभ



पोखरा ।
पोखरामा एक ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ । पोखरा महानगरपालिका १२, ढिकालेथरकी ती महिलाको प्रयोगशाला परीक्षणका लागि स्वाब संकलन गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला पठाइएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए ।
‘उहाँ २७ दिनअघि मात्रै दुबईबाट फर्किनुभएको रहेछ,’ शर्माले भने, ‘र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाएका छौं ।’ उनले प्रयोगशाला परीक्षणको नतिजा बिहीबार आउने जानकारी दिए ।
पोखरा महानगरपालिकाको १० र १२ वडाका ३४ जनाको नमुना आरडीटी विधिबाट परीक्षण गर्दा ती महिलाको नतिजा पोजेटिभ देखिएको हो । ‘उहाँमा कुनै लक्षण भने देखिएको छैन । विदेशबाट फर्किएको धेरै दिन भइसकेको रहेछ’ उनले भने । पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  ४ : ३६ बजे