बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा ६ कल्लेरी निवासी काशी नेपालीको घरगोठमा आगोलागी हुदा ६ लाख ५० हजार बराबरको क्षति भएको छ । गोठबाट एक्कासी सल्केको आगोले ठुलोरूप लिएपछि घरगोठमा भएको अन्नपात, लत्ताकपडा , जिन्सी सामाग्री ,नगद जलेर पुर्णरूपमा नष्ट भएको छ ।
आगलागिमा परि एउटा बाख्रो समेत मरेको छ भने एउटा भैंसी ,दुई ओटा गोरु र दुई ओटा बाख्राहरू घाईते भएका छन् । आगलागीबाट पिडित उनिहरू अहिले छिमेकी आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन् । घटनास्थलमा अनुगमन गर्न पुगेका शितगंगा नगरपालीकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी र शितगंगा ६ का वडा अध्यक्ष रिषी रेश्मीमगरले पिडित परिबारलाई ७५ किलो चामल, ३ किलोदाल ,२ लिटर खानेतेल , २ किलो नुन र केही आर्थिक सहयोग गरेका छन् । पिडित परिवारले आफुलाई सहयोग गर्न दुखेसो पोखेपछी वडा अध्यक्ष र नगरप्रमुखले भावुक हुँदै जस्तापाता उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गर्ने वचन व्यक्त गरेका छन् । स्थानिय सरकारले आफुहरूलाई खाध्यान्न लगायत दाल तेल नुन सहयोग गरेकोमा उनिहरूले धन्यबाद समेत दिएका छन् ।
३ बैशाख २०७७ बुधबार ००:००
0
Shares
प्रतिक्रिया