मायादेवी अनलाइन, कपिलवस्तु ।
कोरोना महामारीको बेला बाणगंगा नगरपालिकाले खडा गरेको दैवी प्रकोप कोषमा बिभिन्न संघ संस्थाले सहयोग रकम तथा सामाग्री दिने कार्य जारी राखेका छन् ।
यसै क्रममा रोटरी र रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिड टाउनले पनि नगरको राहत कोषमा ५९ हजार बराबरको राहत सामाग्री मंगलबार हस्तान्तरण गरेको छ । दुवै क्लवका अध्यक्षद्धय वीरेन्द्र खाँण र गणेश कार्कीसहितको टोलीले सो रकम नगर उपप्रमुख एवम् राहत वितरण समिति संयोजक चक्रपाणी अर्याललाई हस्तान्तरण गर्नु भएको थियो ।
क्लवले यस महाविपत्तिको घडीमा सम्भावित आपराधिक घट्नाप्रति सचेत रहँदै श्रमिक, मजदुर तथा अति विपन्न परिवारलाई सो राहत सहयोग गर्न नगरलाई अनुरोध गरेका छन् । राहत लिँदै उप प्रमुख अर्यालले क्लवले महत्वपूर्ण सहयोग गरेको बताउनु भयो । राहत सामाग्रीमा खाद्यान्ह देखि सरसफाइका सामाग्री रहेका छन् ।
हस्तान्त्रण कार्यक्रममा नगरका शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी, संस्थापक अध्यक्ष लक्ष्मण अधिकारी, निर्वतमान अध्यक्ष बासुदेव घिमिरे, रोटरीयन अध्यक्ष माधव पौडेल, रोटट्याक्टर समिर सायर लगायतको सहभागिता थियो । प्रकोप कोषमा राहत जम्मा हुन क्रम जारी रहेकाले सहयोग गर्न सबैलाई पुनः अनुरोध गरेको छ ।
नगरले पहिलो चरणमा बिभिन्न वडाबाट लगत संकलन गरी १९ सय बढी परिवारलाई राहत वितरण गरेको छ भने छुटेका अरु विपन्न परिवारलाई पुनः राहत दिने प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । सहयोग गर्न इच्छुकहरुले नगद नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंक जितपुर शाखाको खाता नं. ३५३००००५८००१ मा जम्मा गर्न सक्ने छन् ।
प्रतिक्रिया