१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

लभ नेपालको परोपकारी कामः ६ दिनदेखि हिडेर आएका बर्दियाका मजदुरलाई खाना खुवायो



मायादेवी अनलाइन, पिपरा ।
लगातारको लकडाउनका कारण गन्तब्मा पुग्न पूर्वपश्चिम राजमार्गमा हिड्ने मजदुरहरुको संख्या दिनहु बढ्दो छ । कामको शिलशिलामा विभिन्न शहर पुगेका उनीहरु लकडाउनपछि घर फर्कन पैदल यात्रा गरिरहेका छन् । सरकारले गरेको लकडाउनका कारण कामकाज ठप्प भएपछि श्रम गरेर खाने व्यक्ति प्रत्यक्ष मारमा छन् । सरकारले लकडाउनको अवधी थप्दै गएपछि मजदुरहरु बाध्य भएर आफनो घर फर्कन पैदल हिडेका हुन् । लकडाउनका कारण अलपत्र परेका उनीहरुको पीडा निकै छ । आफु बसेको ठाउँमा पनि खानबस्न समस्या हुन थालेपछि घर फर्कन बाध्य भएको मजदुर गोपी थारु बताउछन् ।

उनी लगाएत २२ जना मजदुरहरु सिन्धुलीमा कालिका कस्ष्ट्रक्सनले ठेक्का लिएको सडक निर्माणको काममा संलग्न थिए । १६।१७ दिनसम्म बसेर खादा रासन पनि सिध्धियो, थारुले भन्नुभयो– ‘ठेगेदार पनि घर गयो, फोन सम्पर्क भएन अनि हामी घर फक्र्यौ’ । कालिका कस्ष्ट्रक्सन प्रा.लि.ले लिएको ठेक्कामा सडक निर्माणको काम बन्दपछि लकडाउनको समय बढ्दै गएपछि घर फर्कन बाध्य भएको थारु बताउछन् । उनीहरु मंगलबार विहान बुटवल आएका थिए । बुटवलको एक स्थानीय क्लवले खाना खुवाएर गाडीमा पठाईदिने भने पनि साँझ सम्म कुनै व्यवस्था नभएपछि हिडेरै कपिलवस्तु आए ।

सिन्धुलीबाट ६ दिन हिडेर कपिलवस्तुको पिपरामा आएका २२ मजदुरलाई विहानको खानाको प्रवन्ध स्थानीय युवा क्लवले गरेको छ । कपिलवस्तुको वाणगंगा २ पिपरा स्थित लभ नेपालका युवाहरुले हिजो साँझ देखि भोकै बसेका २२ सहित २५ मजदुरलाई खाना खुवाएका छन् । पिपरामा खाना खाएपछि दुखेको घाउँमा र पीडामा मलम लगाउने काम भएको पैदलयात्री थारुले प्रतिकृया दिनुभयो ।

‘सडकमा मजदुरहरु घरतर्फ हिडिरहेका छन्, लभ नेपालका अध्यक्ष सन्तोष जीसिले भन्नुभयो’,– “उनीहरुसंग पैसा पनि छैन होटलपनि बन्द छन्, अप्ठ्यारोमा सेवा गर्नु मानवता हो ।” यतिबेला अध्यक्ष जिसि लगाएत पिपराका युवाहरु परोपकारी कार्यमा सकृय छन् । क्लवले हिजो काठमाण्डौ र पोखरा लगाएत विभिन्न ठाउँबाट हिडेर आएका ६० मजदुरलाई खाना खुवाएका थिए । उनीहरुलाई क्लवले नै प्रकटेश्वर मन्दिरमा सुताएर विहान प्रशासनले गाडीमा पठाएको अध्याक्ष सन्तोष जिसीले बताउनुभयो ।

बर्दिया बरैयाताल ९ का २२ मजदुर जतिदिन लागेपनि हिडेरै घर पुग्ने बताउछन् । उनको समूहलाई कसैले घर पु¥याउन मद्दत गर्ने परोपकारी मन भए सम्पर्क नम्बर गोपी थारु ९८४९३१०८०५ ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  १ : ३४ बजे