१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेपाल अपडेटः ६ जनाको कोरोना हो वा हैन आज एकिन हुँदै



काठमाण्डौँ ।
मंगलबार द्रुत परीक्षण विधि र्‍यापिड टेस्टको क्रममा कोरोना पोजेटिभ देखिएका ६ जनाको कोरोना हो वा हैन आज एकिन हुने भएको छ । मंगलबार र्‍यापिड टेस्टमा पोजेटिभ देखिएपछि स्वाब निकालेर परीक्षणमा पठाइएको थियो ।

जसमा काभ्रे र सप्तरीका २र२ र धादिङ र गोरखामा १र१ जनाको स्वाब परीक्षण गर्न पठाइएको छ ।र्‍यापिडबाट पूर्ण एकिन हुन नसिकिने भएको कारण पीसीआर विधिबाट पुनः परीक्षण गरेर एकिन गरिने गरेको छ ।यसअघि बाग्लुङमा र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको महिलाको पुन परीक्षणमा रिपोर्ट नेगेटिभ देखिएको थियो ।

त्यस्तै, सनसिटी अपार्टमेन्टमा बस्ने ३ जना र्‍यापिड पोजेटिभ देखिएकोमा २ जनाको पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको थियो ।१ जनाको भने पीसीआरबाट निर्क्यौल गर्न नसकेपछि पुनः परीक्षणमा पठाइएको छ । पीसीआर प्रविधिबाट परीक्षण गरिएकोमा हालसम्म नेपालमा १६ जनामा संक्रमण देखिएको छ । जसमध्ये १ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७ बुधबार ००:००  १० : ११ बजे