मायादेवी अनलाइन, चार नम्बर ।
लक डाउनमा पनि मानिसको चहल पहल हुने कपिलवस्तुका बिभिन्न मस्जिद, चर्च र अन्य धार्मिक मन्दिरमा पनि प्रशासनले अनुगमन सुरु गरेको छ । गृह मन्त्रालयको निर्देशन अनुसार मुख्य रुपमा भिँडभाड हुने मस्जिद, मन्दिर, मदरसा, चर्च, गुम्बा लगायतमा सुक्ष्म ढंगबाट अनुगमन सुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, प्रहरी उपरिक्षक दिप शम्शेर जवारा र शसस्त्रका उपरिक्षक जनक पुरी सहितको टोलीले मंगलबार तौलिहवा, पचेहरा, डुमरा, लगायतका स्थानका २ मन्दिर, ४ मदरसा र १ चर्चको अनुगमन गर्यो । अनुगमनका क्रममा धेरै भिँडभाड नभएको र लक डाउनलाई पालना गरेको पाइएको प्रजिअ पौडेलले बताउनु भयो ।
प्रजिअ पौडेलका अनुसार टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर १ को तौलेश्वरनाथ मन्दिर , मदरसा नैमुलउलुम, वडा नम्बर २ को चन्द्रघण्टा दुर्गा मन्दिर र बसपार्क, वडा नम्बर ११ पचेहराको मदरसा र वडा नम्बर ३ महिताको चच, मायादेवी गाउँपालिकाको वडा नम्बर ६ डुमरा स्थित जामिया मत्लउलुम अलसलफिया मदरसा लगायतका स्थानमा अनुगमन गरिएको छ ।
लक डाउनमा पनि ती स्थानमा पुजापाठ र भीँडभाड भएको पाइएकाले अनावश्यक रुपमा धार्मिक सार्वजनिक स्थानमा भिडभाड नगर्न घरमै बसेर पुजा, प्रार्थना र नवाज पढन निर्देशन दिएको छ । कोरोनाबाट बच्ने उपाय सामाजिक दुरी कायम कायम गर्नु रहेकाले लक डाउन अवधिभर कुनै पनि धार्मिक सार्वजनिकस्थलमा सामुहिक भेला नहुन, भिडभाड गर्ने कार्य बन्द गर्न पनि जिल्लाबासीलाई प्रजिअ दिर्घनारायण पौडेलले आग्रह गर्नभएको छ ।
प्रतिक्रिया