धादिङ ।
धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवामा कोरोनाको लक्षण देखिएको छ । दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जनामा आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो ।
विदेशबाट आएदेखि उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । २७ वर्षीय ती युवालाई आजै काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।
र्यापिड टेस्टबाट काभ्रेमा भेटिए कोरोनाका दुई संक्रमित गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने सबैको हरुलाई सबै गाउँपालिकामा र्यापिङ टेस्ट सुरु गरिएको छ । मंगलबार मात्रै ज्वालामुखी गाउँपालिकामा ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो ।
प्रतिक्रिया