राम शरन रैदास ।
बाबा साहब डा. भीम राव अम्बेडकार ज्यूको जन्म आज देखि १२८ बर्ष पहिला १४ अप्रैल १८९१ मा वर्तमान मध्य प्रदेश इन्दौरको महु छावनीमा जन्म भएको थियो । वहाँ एक संसारका लागी सिम्बल अफ नलेज, मानवतावादी, महानदेश भारतका संविधान निर्माता, दलित गरिब, गरिब शोषित पिडित तथा महिलाहरुका लागी मसिहा हुनु हुन्थ्यो ।
यहाँको जन्मजयन्ती भारतमा मात्र नभई विश्वको अधिकाँश देशमा मनाइन्छ । त्यसै गरी विगत ६ बर्ष देखि नेपालको कपिलवस्तु जिल्ला लगायत विभिन्न स्थानमा मनाउदै आएका छन । यस बर्ष पनि सोही सन्दर्भमा १२९ औ जन्मजयन्ती १४ अप्रैल २०२० का दिन मनाउने योजना रहेको देश र समुदायको अवस्था हेरे र मनाइने छ । वहाँको विचार नेपालमा दिन दुनी रात चौगुनी भनाईको साथ साथै विशाल बन्दै गएको छ । अर्थात अम्वेडकारबादी विचारक बढदै गएका छन ।
बाबा साहब डा. भीमराव अम्बेडकर एक भारतीय नागरिक भएर पनि विश्वमै वहाँले मानवता र समानताका लागी संचालन गरिएका अभियानहरु विश्व प्रख्यित नै रहेको छ । दलित, बहुजन, पिछडावर्ग, बुद्धिजीवी, मुलनिवासी र बौद्ध धर्मावलम्बीहरुले विगत ६ बर्ष देखि कपिलवस्तु जिल्ला लगायत नेपाल देशको विभिन्न ठाउँमा ब्यक्तिगत (घरपरिवार) मा तथा सार्वजानिक रुपमा मञ्च लगाएर कार्यक्रमहरु प्रत्येक बर्षको १४ अप्रैलका दिन भब्याता तथा सभ्याताको साथमा नेपालको विभिन्न जिल्लामा अम्बेडकर जन्मजयन्ती समारोहको रुपमा मनाउने योजना गरेको देखिन्छ । सन् २०१४ देखि कपिलवस्तु जिल्लामा बृहत रुपमा बनाउदै आएको दलित अधिकारकर्मी, समाजसेवी शतिष निगम र इन्द्र प्रसाद हरिजन ज्यूले बताउनु भएको छ ।
साथै नेपाल भरिमा बाबा साहब डा.भीम राव अम्बेडकार ज्यूको जन्मजयन्ती लगायत दलित, गरिब, पछाडी पारिएका समुदायहरुका लागी बिभिन्न प्रकारको जागरण कार्यक्रम संचालन हुदै आएका छन । साथै दलित, बहुजन, मुलनिवासीहरुले जब सम्म अम्वेडकारवादी विचार धारा अपनाउदैन्न तब सम्म यहाँहरुको मुक्ती हुदैन । यो जन्मजयन्तीको रुपमा मात्र नलिई जागरण अभियानको रुपमा संचालन गर्नु पर्दछ । सवै बहुजन, मुलनिवासी, दलितहरुलाई यो अभियानमा जुटनका लागी अनुरोध गरिन्छ ।
यो पढदा तपाईहरुको मनमा एउटा प्रश्न आउन सक्छ कि बाबा साहब डा.भीम राव अम्बेडकार भारतीय नागरिक थिए र के हाम्रो लागी पनि केही गरे कि उनी भगवान थिए । जुन कि वहाँको जन्मजयन्ती, अम्बेडकारवाद हुनु पर्ने नेपालमा मनाउनु पर्ने तपाईको प्रश्न वा तर्क पनि हुन सक्छ । जुन कि स्वाभाविक हो । त्यसो भए बाबा साहब डा.भीम राव अम्बेडकार ज्यूको थिए । वहाँको जीवनी पढौ र को हुनु हुन्थ्यो वहाँको बारेमा बुझौ, वहाँले मानवता र समानताको लागी भारतीय नागरिक, मुलनिवासी, बहुजन, दलित, गरिब, शोषित पिडित र महिलाहरुको लागी गरेको कार्य बारे बुझने प्रयास गरौ । पहिलो हामी वहाँको जीवनी पढौं ।
बाबा साहब डा.भीम राव अम्बेडकार ज्यूको जीवनी यस प्रकार रहेको छ ।
– १४ अप्रैल १८९१ मा वर्तमान मध्य प्रदेश इन्दौरको महु छावनीमा बाबा साहबको जन्म भएको थियो । बुवा सुवेदार श्री रामजी मोलाजी सकपाल र आमा श्रीमति भीमाबाईका चौधहवा तथा अन्तिम सन्तान हुनु हुन थियो । अम्बेडकार महार जातिको वर्तमान अवस्थामा बुझदा दलित, अछुत, शुद्र (निम्न वर्ग) का थिए ।
– १८९६ मा आमा श्रीमति भीमाबाईको मृत्यु भयो । अम्बेडकार ज्यूको उमेर ५ बर्ष थियो ।
– नवम्बर १९०० मा सतराको राजकीय वर्नाक्युलर हाईस्कुलमा प्रवेश हुनु भयो । तर अछुत जाति भएको कारणले गर्दा कक्षा कोठा भन्दा बाहिरा बसेर पढ्नु पर्दथ्यो र वहाँलाई तिर्खा लागेको खण्डमा आफै पानी खान पाउ थिएन्न उच्च जातिको ब्यक्ति माथि बाट पानी हातमा हल्ने पछि मात्र (चुरुवा) पानी खाना पाउथे ।
– अप्रैल १९०६ मा श्रीभीखु वालंगकरको छोरी कुमारी रमाबाई संग विवाह सम्पन्न भयो ।
– जनवरी १९०८ मा बम्बई विश्वविद्यालय बाट मैट्रिक परिक्षा उत्तिर्ण गर्नु भयो । र भारतको विश्वविद्यालयमा प्रवेश हुने पहिलो ब्यक्ति भएकोले अस्पृथ्य बन्नु भयो ।
— डिसेम्बर १९१२ मा प्रथम छोरा यशवन्त रावको जन्म भयो ।
– जनवरी १९१३ मा फारसी र अग्रेंजी विषय लिएर बी.ए.पास गर्नु भयो ।
– फरवरी १९१३ मा बुवा श्री रामजी सुवेदारको मृत्यु भयो ।
– जुलाई १९१३ मा पोलिटिकल साइन्स विषय लिएर न्यूयार्कको कोलम्बिया विश्वविद्यालयमा बडौदा नरेश गायकवाड. छात्रबृत्ति प्राप्त गर्नु भयो ।
– १९१५ मा प्रमुख रुपमा अर्थशास्त्र, समाजशास्त्र, इतिहास, दर्शनशास्त्र, मानवशास्त्र र राजनीतिक शास्त्र लगायत ६ वटा विषयमा एम.ए.गर्नु भएको थिए ।
– मई १९१६ मा मानव शास्त्री गोष्ठीमा भारत में जातियाँ लेख वाचन लिई र प्रथम रचनाको रुपमा प्रकाशित भएको थियो ।
– १९१६ मा पी.एच.डीं अध्ययनको लागी “नेशनल डिविडेंट आँफ इण्टिया” शिर्षकमा शोध रचना लेख्नु भयो ।
– जून १९१६ मा लंदन स्कुल आफँ इकोनाँम्स एण्ड पोलिटिकल साइन्समा पी.एच.डी.का कार्य पूर्ण गरेर कोलम्बिया यूनिवर्सिटीको छोडेर ११ नवम्बर १९१७ को बैरिस्टरका लागी लण्डन प्रवेश गर्नु भयो ।
– में १९१७ मा कोलम्बिया यूनिवर्सिटी (अमेरिका) बाट पी.एच.डी.प्राप्त गर्नु भयो ।
– जून १९१७ मा एम.एस.सी.(इकोनाँम्स) मा पी.एच.डी.का वर्ष पूरा र गायकवाड छात्रबृत्ति समाप्त गरेर भारत फक्नु भयो ।
– १९१७ मा महाराज बडौदा (गायकवाड) द्धारा वहाँलाई मिलिट्री सेक्रेटरी (सैन्य सचिव) पदमा नियुक्ती तथा राजकाजका अनुभव गरे पछि राज्यको वित्तमंत्री पदमा नियुक्ती हुनको लागी योजना, तर छुवाछुत तथा विभेदको शिकार भएको कारणले गर्दा उक्त पद छोडेर हिडदिनु भयो । बडौदा राज्यमा पारसी सरायमा रोरुकनु भएको थियो । सोही बर्ष “भारत में स्माल होल्डिंग औंर उसके उपायों पर विचार” नामक पुस्तक प्रकाशित गर्नु भयो ।
– में १९१८ फ्रन्चाइज पर साउथवोरो कमिश्नको समक्ष हुनु भयो ।
– नवम्बर १९१८ मा सैडनहम काँलेज आँफ कामर्स एण्ड इकोनाँम्स बम्बईमा पोलिटिकल इकोनामी के प्रोफेसर पदमा नियुक्त हुनु भएको ।
– जनवरी १९२० मा भारतको दलित वर्गका हक हितका लागी मराठी साप्ताहिक “मुक नायक”का प्रकाशन गर्नु भयो ।
– सितम्बर १९२० मा पुनः लण्डन स्कुल आँफ इकोनाँम्स एण्ड पोलिटिकल तथा साथमैं कानून अध्ययनको लागी ग्रेइन्न लण्डनमा प्रवेश गर्नु भयो ।
– जून १९२१ मा यूनिवर्सिटी लण्डन द्धारा एम.एस.सी.(इकोनाँम्स) को डिग्री प्राप्त गर्न “प्राविशियल डिसेंटलाइजेशन आँफ इम्पीरियल फाइनेंस इन इण्डिया” शोध प्रबन्ध स्वीकृत भयो ।
– १९२२–१९२३ मा बोन यूनिवर्सिटी, जर्मनीमा अर्थशास्त्रका अध्ययन गर्नु भयो ।
– २३ मार्च १९२३ मा डी.एस.सी.इकोनाँम्सको डिग्रीको लागी “प्रोब्लम आँफ दी रुपी” उनका मुल स्रोत एवं उनका समाधान शोध प्रबन्ध स्वीकार भयो । र यो ग्रन्थ प्रथम पटक डिसेम्बर १९२३ मा प्रकाशित र दोस्रो पटक थेकर एण्ड कम्पनी, बम्बई बाट हिस्ट्री आँफ इण्डियन करेंसी एण्ड बैंकिग वोल्यूम १ को शिर्षकमा मई १९४७ मा प्रकाशित भयो ।
– १९२३ मा वकील बन्नु भयो र भारत फर्केको थिए ।
– जून १९२३ मा हाईकोर्ट आँफ ज्युडिकेचर, बम्बई मा वकालत प्रारम्भ गर्नु भयो ।
– जुलाई १९२४ मा दलित वर्गको उत्थानको लागी बहिष्कृत हितकारिणी सभाको स्थापना गर्दै आफनो सहकर्मीहरु लागी “शिक्षित बनौ, संगठित रहौ र संघर्ष गरौ” भन्ने सन्देश दिनु भयो । यो सन्देश एउटा मिशनको रुपमा संचालन गर्नु पर्दछ विभिन्न ठाउँ कुरा राख्नु भएको थिए ।
– १९२५ मा भारतको इम्पीरियल फाइनेन्सको प्रान्तीय विकेन्द्रीय पर शोधात्मक “ब्रिटिश भारतमें अर्थब्यवस्थाका विकास” पुस्तक प्रकाशित गर्नु भयो ।
– १९२६ मा भारतीय करेंसी पर राँयल कमिश्नको समक्ष ।
– १९२६ मा नै बम्बई प्रेसीडेंसीको लेजिस्लेटिव कौंसिलको सदस्य मनोनित भएको ।
– मार्च १९२७, मा चावदार जलाशयको अछुतो द्धारा पानी लिनेको अधिकारको लागी महाड, रत्नागिरी जिल्लामा सत्यग्रह ।
– ३ अप्रैल १९२७ मा “बहिष्कृत भारत” नाम पाक्षिक पत्रिका प्रकाशन गर्नु भयो ।
– मई १९२८ मा इण्डियन स्टेच्युटरी कमिशन (साइमन कमिशन) को सदस्य बन्नु भयो ।
– जून १९२८ मा गवर्नमेंट लाँ कालेज, बम्बईका प्रोफेसर पदमा नियुक्त ।
– १९२८–२९ मा साइमन कमिशनको बम्बई प्रेसीडेंसी कमेटीका सदस्य बन्नु भयो ।
– १४ मार्च १९२९ मा बाबा साहबले विधान सभामा माहर बेतन विल (अछुत माहर जातिको लागी तलब हुनु पर्ने ऐन) पेश गर्नु भयो ।
– ३ मार्च १९३० मा अछुतको मन्दिर प्रवेश अधिकारको लागी कालाराम मन्दिर नासिकमा सत्याग्रह । यहाँ मन्दिर सत्यग्रहको कारणले एक बर्ष सम्म बन्द भएको थियो । र तत्कालिन पुलिस प्रशासन पनि अछुत, शुद्र समुदायको साथ नदिएको अवस्था थियो ।
– डिसेम्बर १९३० मा साप्ताहिक जनता पत्रिका प्रकाशन गर्नु भयो ।
– ६ अगस्त १९३० को दिन बाबा साहवको गोल मेज काँन्फ्रँसकाका लागी निमन्त्रण आयो ।
– १९३१–३२ मा लण्डन की गोलमेच (राउण्ड टेबल) काँन्फ्रेसमा प्रतिनिधित्व भएका थिए ।
– सितम्बर १९३२ मा मोहनदास करमचन्द (महात्मा) गाँधीको प्राणरक्षाको लागी राम्जे मैकडानल्ड द्धारा कम्युनल अवार्ड में अछुतोंको पृथक निर्वाचन प्रतिनिधित्व अधिकारको छोडेर पुना पैक्ट पर बाबा साहब डा.भीम राव अम्बेडकार र महात्मा गाँधी बीच हस्ताक्षर गर्नु भयो र संयुक्त निर्वाचनको स्वीकार गर्नु भयो । महात्मा गाँधीको जीवन दानको भीख माँग्नको लागी बाबा साहब ज्यूको समुन्ने कस्तुरवा गाधी आउनु भयो ।
– १९३२–३४ मा इण्टियन काँस्टीटयुशन रिफार्म (भारतीय संविधान) सम्बन्धि ज्वाइंट पार्लियामेटरी कमेटीको सदस्य बन्नुभयो ।
– मई १९३५ मा बाबा साहब ज्यूका धर्मपत्नी श्रीमति रमावाईको मृत्यु भयो ।
– जून १९३५ मा गवर्नमेंट लाँ कालेज, बम्बईको प्रिंसीपल तथा ज्यूरिस फ्रुडेंसको प्रोफेसर पनि बन्नु भयो ।
– सितम्बर १९३५, मा यिवाला नासिक जिल्लाको काँन्फ्रेंसमा हिन्दु धर्म त्याग्नको लागी घोषणा गर्नु भयो ।
– डिसेम्बर १९३५ मा जातपात तोडक मण्डल, लाहौर (पंजाब) को बार्षिक काँन्फ्रेंसमा अध्यक्षता गर्नु भयो ।
– १९३६ मा जातपात तोडक मण्डलको काँन्फ्रेंसमा गर्नु भएको अध्यक्षतामा दिनु भएको भाषणका पुस्तकको रुपमा जातिवादका उच्छेद शीर्षकको नाम बाट प्रकाशन र सोहीको दोस्रो संस्करण १९३७ मा प्रकाशित भयो सो भाषणमा उत्तरमा दुईवटा लेख महात्मा गाँधीको हरिजन पत्र मा छापेको, सोको मनीषी अम्बेडकर नै तर्क संगत उत्तर दिएर समाधन गर्नु भयो उक्त विषय पनि दोस्रो संस्करणमा छ ।
– अगस्त १९३६ मा इन्डीपेन्डेंट लेबर पार्टीको स्थापना गर्नु भयो ।
– जनवरी १९३७ मा बम्बई लेजिस्लेटिव एसेम्बली के सदस्यमा निर्वाचित हुनु भयो ।
– जनवरी १९३९ मा गोखले स्कुल आँफ पाँलिटिक्स एण्ड इकोनाँम्स, पूनामा इण्डिया एक्ट १९३५ मा सुझाई गई आँल इण्डिया फैडरेशन स्कीमका तीखा आलोचनात्मक ब्याख्या तथा फेडरेशन बनाम फ्रीडम नामक प्रकाशन ।
– अप्रैल १९४२ मे आँल इण्डिया शैडयूल्ड कास्ट्स फैडरेशनको स्थापना ।
– जुलाई १९४२ मा गवर्भनर जनरल आँफ इण्डियाका कार्यकारिणी परिषदमा लेबर मेम्बर बन्नु भयो ।
– डिसेम्बर १९४३ मा “मिस्टर गाँधी र अछुतको मुक्ति शिर्षक” नामक पुस्तक प्रकाशित गर्नु भयो ।
– अप्रैल १९४५ मा पिपल्ज एजुकेशन सोसाईटीको स्थापना गर्नु भयो ।
– सितम्बर १९४६ मा व्रिटिश सरकारको हिन्दुस्तानको आजादीको निर्णय र अछुतको लागी राजनीतिक हित आरक्षण प्राप्त गर्न उद्देश्यले व्रिटिश सरकार तथा विपक्षी दलको समक्ष आफनो कुरा राख्नको लागी तथा काँस्टीट्यूट असेम्बली तथा अन्तरिम सरकारमा अनुसूचित जातियोंको पृथक् प्रतिनिधित्व पर केविनेट मिशन द्धारा हुई गल्तीको सुधार गर्नको लागी लण्डन मिशन लैजानु भयो ।
– अक्टुबर १९४६ मा इडो आर्यन सोसाइटीको शूद्र कसरी तथा किन चौथौ वर्णमा पारे विषय पर अनुसन्धान परक पुस्तक शूद्र कौन थे ? का प्रकाशन ।
– डिसेम्बर १९४६ मा एक संयुक्त भारतका आवह्रन संविधान सभामा प्रथम ब्याख्या गर्नु भयो ।
– अगस्त १९४७ मा उनका असेम्बली द्धारा संविधान प्रारुप समितिमा नियुक्ती साथै कानून मंत्रीको रुपमा नेहरु मंत्रीमण्डलमा प्रवेश ।
– अप्रैल १९४८ कृण्णराव बी.कबीरका छोरी शारदा कबीर संग दोस्रो विवाह गर्नु भयो ।
– नवम्बर १९४८ मा संविधान प्रारुप समितिका अध्यक्षका स्वरुप संविधान असम्बली मसौदा प्रस्तुत गर्नु भयो ।
– जून १९५० मा औंरगावाद (महाराष्ट) मा मिलिन्द महाविद्यालयको स्थापना ।
– डिसेम्बर १९५० मा वल्र्ड बुद्धिस्ट काँन्फ्रेंस, कोलम्बो (श्रीलंका) मा प्रतिनिधि हुनु भयो ।
– जुलाई १९५१ मा भारतीय बौद्ध महासंघको स्थापना तथा सितम्बर १९५१ मा बुद्ध उपासना पाठ बौद्ध विनय पुस्तकका संकलन ।
– मई १९५२ मा बम्बईका प्रतिनिधिका रुपमा राज्य सभाका सदस्य कोलम्बिया यूनिवर्सिटीको दितीय शताब्दी उत्सवमा एल.एल.डी.का सम्मानित उपाधि प्राप्त ।
– मई १९५५ मा भारतीय बौद्ध महासभाका स्थापना तथा डिसेम्बर १९५५ मा भाषाई राज्य पर विचार गर्नु भयो ।
– १४ अक्टुबर १९५६ मा नागपुरको एक ऐतिहसिक महासम्मेलनमा दलिल वर्गको लागी क्रान्तिकारी उद्बोधन भाषण तथा बौद्ध धर्ममा दिक्षा लगभग १० लाख ब्यक्तिहरुको साथमा अपनाउनु भयो । साथै भन्नु भयो कि राजा बन्नको लागी रानीको पेट बाट जन्मानु अवश्यक छैन तपाईहरुलाई भोटको जरुरी छ यो कुरा बाबा साहब डा.भीम राव अम्बेडकारले भन्नु भयो ।
– नवम्बर १९५६ मा नेपालको काठमाडौमा वल्र्ड बुद्धिस्ट काँन्फ्रेसमा नव बौद्धको रुपमा प्रतिनिधित्व हुनु भयो ।
– महान भारत देशको प्रथम कानून मंत्री बाबा साहब डा. भीम राव अम्बेडकार बन्नु भयो । स्वतंन्त्र भारतको नयाँ संविधान निर्माण बाबा साहब डा.भीम राव अम्बेडकारले उक्त संविधान २ बर्ष ११ महिना १८ दिनमा तयार गर्नु भयो ।
– ६ डिसेम्बर १९५६ को दिन, २६, अलीपुर रोड, दिल्ली आवासमा परिनिर्वाण (मृत्यु) भयो ।
बाबा साहब डा.भीम राव अम्बेडकारले गरिएका केही कार्य तथा भनाईहरु
दि बुद्ध एंड हिज धम्मा नामक महान पुस्तक बाबा साहब डा. भीम राव अम्बेडकार ज्यूले लेख्नु भएको थियो । बाबा साहब डा.भीम राव अम्बेडकारले भारत रत्न पुरस्कार बाट सम्मानित हुनु भएको एक महान ब्यक्ति हुनु हुन्थ्यो । उहाँले भन्नु भयो कि जब सम्म अछुत समाजको समस्या अन्त्य नगरे सम्म म चुप लागेर बस्ने छैन । र १८ मार्च १९५६ को आगराको एक बैठकमा भन्नु भयो कि मलाई पढेलिखिएको ब्यक्ति नै धोखा दिनु भयो छ । अर्को बैठकमा भन्नु भयो कि यो कार्य म धेरै समस्या बाट लडेर यहाँ सम्म ल्याएको यसलाई अगाडी नलाग्न सकेमा पछडी पनि लैजान भएन बाबा साहबले आफनो सहकर्मीहरु संग भनेर सवैमा सन्देश दिननु भएको थियो । र वहाँको पीए नानकचंद रत्तु हुनुहुन्थ्यो । बाबा साहब डा. भीम राव अम्बेडकार ज्यू हजारों हजार भनाईहरु रहेको छन । जसबाट संसारका गरिब, दलित, आन्दोलनकर्ता, बुद्धजीवी, सामाजसेवी, न्यायप्रेमी, मानववाद, अम्बेडकारवाद तथा बौद्ध धर्मावलम्बी ब्यक्तिहरुले उत्प्रेरणाको रुपमा लिई रहेका छन ।
एक झलक बोधिसत्व बाबा साहब डाँ भीमराव अम्बेडकारका कार्य तथा सीपहरु बारे जानकारी-
१. भारतको सब भन्दा ठुलो महान ब्यक्ति
२. सब भन्दा धेरै किताब लेख्ने ब्यक्ति
३. सब भन्दा छिटोछारितो टाईप गर्ने ब्यक्ति
४. सब भन्दा बढी शब्द टाइप गर्ने ब्यक्ति
५. सब भन्दा बढी आन्दोलन गर्ने ब्यक्ति
६. महिला अधिकारको लागी सांसदमा राजीनामा दिने ब्यक्ति
७. दलित, पिछडावर्गको हकहित दिलाउने ब्यक्ति
८. हिन्दु धर्म ग्रन्थ मनुस्मर्तिको चौरहामा जलाउने ब्यक्ति
९. जाति वादको अन्त्य गर्नका लागी बाहुनको छोरी संग विवाह गरेको ब्यक्ति
१०. गरिब मजदुरहरुको हकको लागी आफनो ४ जना बच्चा कुर्वान गर्ने ब्यक्ति
११. २ लाख किताबको पढकर याद राख्न सक्ने ब्यक्ति
१२. भारतको संविधान लेख्ने ब्यक्ति
१३. पूना पैक्ट लेख्ने ब्यक्ति
१४. मुल नायक पत्तिका प्रकाशक
१५. बहिष्कृत समाचार पत्र प्रकाशक
१६. सब भन्दा छिटो छारितो लेख्ने ब्यक्ति
१७. दुवै हात बाट लेख्ने ब्यक्ति
१८. महात्मा गाँधीको जीवनदान दिने ब्यक्ति
१९. सब भन्दा सक्षम बैरिस्टर
२०. मुम्बईको सेठका छोरालाई नक्कली मुददा बाट छुटकारा दिलाउने ब्यक्ति
२१. योग गर्ने ब्यक्ति
२२. सबसे इमान्दार
२३. १८ से २० घण्टा पढने ब्यक्ति
२४. सरदार पटेलका ओबीसीको अर्थ बुझाउने ब्यक्ति
२५. विद्यालय भन्दा बाहिरा बसेर पढने र अपमान सहेर उच्च शिक्षा लिने ब्यक्ति
२६. दलित, शोषितहरुको हकको लागी पत्नी रमाबाईको घुमाएको ब्यक्ति ।
बाबा साहब डा. भीम राव अम्बेडकार ९ भाषा बारे जानकारी
१. मराठी (मातृभाषा)
२.हिन्दी
३. संस्कृत
४. गुजराती
५.अग्रेंजी
६. पारसी
७. जर्मन
८. फ्रैंच
९. पाली
वहाँले पाली ब्याकरण र शब्दकोष (डिक्शनरी) पनि लेख्नु भएको छ । जुन महाराष्ट्र सरकारले ” Dr.Babasaheb Ambedkar Writing and Speeches Vol.16 ” मा प्रकाशित गरिएका थियो । तथा बाबा साहब डा.भीम राव अम्बेडकारले सांसदमा पेश गर्नु भएको विधेयकहरु यस प्रकार रहेका छन ।
१) महार बेतन बिल
२) हिन्दु कोड बिल
३) जनप्रतिनिधि बिल
४) खोती बिल
५) मन्त्रीओंका बेतन बिल
६) मजदुरोंके लिए बेतन बिल
७) रोजगार विनियम सेवा
८) पेंशन बिल
९) भविष्य निर्वाह निधी (पीएफ)
बाबा साहब द्धारा सत्याग्रह (अन्दोलन)
१) महाड अन्दोलन २०÷३÷१९२७
२) मोहाली (धुले) अन्दोलत १२ ÷२÷१९३९
३) अंम्बादेवी मंन्दिर आन्दोलन २६÷७÷१९२७
४) पूणे कौन्सिल आन्दोलन ४÷६÷१९४६
५) पर्वती आन्दोलन २२÷९÷१९२९
६) नागपुर आन्दोलन ३÷९÷१९४६
७) कालाराम मन्दिर आन्दोलन २÷३÷१९३०
८) लखनौ आन्दोलन २÷३÷१९४७
९) मुखेडका आन्दोलन २३÷९÷१९३१
बाबा साहब द्धारा द्धारा स्थापित सामाजिक संगठन
१) बहिष्कृत हितकारिणी सभा २० जुलाई १९२४
२) समता शैनिक दल ३ मार्च १९२७
राजनीतिक संगठन
१) स्वतंन्त्र मनदुर पार्टी १६ अगस्त १९३६
२) शेडयुल्ड कास्ट फेडरेशन १९ जुलाई १९४२
धार्मिक संगठन
१) भारतीय बौद्ध महा सभा ४ मई १९५५
शैक्षिक संगठन
१) डिप्रेस क्लास एजयुकेशन १४ जून १९२८
२) पिपल्स एजयुकेशन सोसाइटी ८ जुलाई १९४५
३) सिद्धार्थ कालेज बुम्बई २० जून १९४६
४) मिलिंद कालेज औंरगावाद १ जून १९५०
प्रकाशित पत्रिकाहरु
१) मुकनायक ३१ जनवरी १९२०
२) बहिष्कृत भारत ३ अप्रैल १९२७
३) समता २९ जून १९२८
४) जनता २४ नवंम्बर १९३०
५) प्रबुद्धध भारत ४ फरवरी १९५६
६) दि बुद्ध एंड हिज धम्मा नामक महान पुस्तक लेख्नु भयो
बाबा साहब डा.भीम राव अम्बेडकर ज्यूले आफनो जीवनमा ५२७ विषय भन्दा बढी भाषण दिनु भयो ।
बाबा साहब डा. भीम राव अम्बेडकर ज्युलाई प्राप्त सम्मानहरु
भारतरत्न
- The Greatest Man in the World (Columbia University)
- The Universe Maker (Oxford University)
- The Greatest Indian (CNN IBN & History Tv)
अम्बेडकारवाद किन
जसको आफनो काम बारे जानकारी छैन उसले आफनो र आफनो समुदायको स्वतन्त्रताको लागी लडान सक्ने वा अधिकार दिलाउन सक्दैन ।
आज सम्म हामीले अरु धर्म समुदायका ब्यक्तिले गरेको काम नाम सुन्न र समर्थन गर्न धेरै मन पराई रहेका छौ बहुजन, मुलनिवासी, दलित महिलाले धेरै उदाहरणीय कार्यहरु गरेका छन तर हामीलाई सो कुरा बताइदैनन बाबा साहब डा.भीम अम्बेडकार त संसारलाई नै मानवताको पाठ बारे सन्देश दिएर जानु भएको छ ।
हामीलाई सुनाईने गरिन्छ कि २२ बर्षका किक्रेट खेल्ने र १० कक्षा फेल हुने ब्यक्ति किक्रेटका भगवान बनेको, पेटोल पम्पमा काम गर्ने ब्यक्ति करोडपति बनेको, चिया विक्री गर्ने ब्यक्ति प्रधानमन्त्री बनेको तर जातिय विभेदको कारणले कक्षा कोठा भन्दा बाहिरा बसेर पढने एक ब्यक्ति भारत जस्ता महान देशको संविधान निर्माता, ३२ डिग्री प्राप्त, ९ भाषा जनकार बाबा साहब डा.भीम राव अम्बेडकार जुन कि संसारको उच्च स्तरमा पुगी सिबंल आँफ नालेज बन्नु भयो । वहाँको बारे पढन, अरु संग छलफल गर्न वहाँको जन्मजयन्ती मनाउन धेरै प्रश्न गर्दछौ । कि सही कुरा हामी उच्च कथित समुदायले बताएका छैनन र हामी पनि कम मात्रमा बुझने प्रयास गर्दछौ । र अन्धा विश्वास पाखण्डमा फसेका छौ । हामी र हाम्रा समाज पिढियो पिढि देखि गुलाम भएका छौ सो बाट मुक्त पाउनका लागी नेपालमा अम्बेडकारवाद हुन जरुरी देखिन्छ ।
हामीले हिन्दुु संस्कारका लागी लाडिरहेका छौ सोही ठीक छ हामीले सुनेका छौ उक्त ग्रन्थहरु खसै पढन पाएका छैनौ त पनि लाडन तयार छौ दलित शुद्रका लागी भएको ब्यस्था बारे एक पटक बुझौ के रहेको छ जस्तै
– महाभारतमा लेखिएको छ कि शुद्र राजा बन्ना सक्दैन ।
– गीतामा लेखिएको छ कि शुद्रले बाम्हण, क्षेत्रि र वैश्यका सेवा अर्थात गुलामी गर्नु पर्दछ ।
– रामायणले भन्छ कि शुद्रले ज्ञान प्राप्त गरेमा मृत्युदण्ड हुनु पर्दछ ।
– वेदले भन्छ कि शुद्र ब्रम्हाको पैतला –अर्थात पैर बाट जन्मेको हो त्यसकारण शुद्र नीच रहेको छ ।
– मनुस्मृति अनुसार शुद्रले आर्जन गरेको (कमाएको) धन ब्राम्हण द्धारा लिहल्नु पर्छ ।
– वेदले भन्छ कि शुद्रका स्थान ब्राम्हण, क्षेत्रि र वैश्य वर्णको खुटटाको पैतला (चरन) मा छ ।
– पुराणले भन्छ कि शुद्र केवल गुलामीका लागी मात्र जन्म लिएका छन ।
– रामचरित मानसले भन्छ कि शुद्रका कुटपिड गर्नु नै धर्म हो ।
– यति भए पनि एक सहनशील शुद्र (दलित) अहिले पनि यी हिंसक धर्म ग्रंथोको दिलदिमाँगमा लिएर घुमि रहेको छ । यी नै विश्वास गर्नु साथीहरु तपाईहरुको गुलामीको कारण हो ।
बाबा साहब डा.भीम राव अम्बेडकार ज्यूले भन्नु भएको छ कि हिन्दु धर्मका त्याग गर्नु धर्म परिवर्तन होइन यो त गुलामीको जंजीर तोडनु हो, यो कार्य कुनै वीर पुरुष मात्र गर्न सक्छ । भनाईको अर्थ हिन्दु धर्म छोडनु भनेको धर्म परिवर्तन होइन, तीन वर्णको गुलामी बाट आफनो विकास हक हितको लागी अगाडी बढनु हो यो कार्य सवैले गर्न सक्दैन वीर ब्यक्तिहरु मात्र गर्न सक्छन । किन कि हाम्रो समाजको गुलामी नै राम्रो मान्दै आएको छ । नेपालमा जति धर्म ग्रन्थ र संस्कारको कुरा गर्दा भारत बाटै आएको देखिन्छ । चाहे विकासको कुरा हेर्ने हो या धर्म संस्कारको भारतमा दलितको विकास भन्दा अंकुश नै धेरै देखिन्छ । तर बाबा साहब डा.अम्बेडकारको प्रयास तथा वहाँको गतिविधिको कारणले गर्दा जेजति परिवर्तन भएको हो सोको जस बाबा साहबलाई नै जान्छ । वहाँको मानवता वादी विचार आज विश्व भरी फैलिएको छ तर नेपालमा सकारात्मक चीज कम आएको देखिन्छ । यसलाई नियमित रुपमा अगाडी बढाउनु पर्ने अबको जिम्मेवारी यो जनरेशनको हो । त्यसकारणले नेपालमा डा.अम्बेडकार सम्बन्धित विभिन्न कार्यहरु गर्नु अम्बेडकारवादी हुन आवश्यक देखिन्छ नेपाल दलितले जातियविभेद बाट मुक्त हुन सकेका छैन्न । देश धर्मनिर्पेक्ष भए पनि, जातिय विभेद तथा कसूर सजाय ऐन २०६८ आए पनि जातिय विभेद कम भएको छैन स्वरुप मात्र फेरिएको छ । जातिय विभेद अन्तका लागी अम्बेडकारवाद हुनु पर्दछ ।
आरक्षण कुनै भिख होइन !
सन् १९३०, १९३१, १९३२ म लन्दनका गोलमेज काँन्फ्रेन्समा डा बाबा साहब अम्बेडकारले अछुतोको हकको लागी व्रिटिश सरकारको समुने वकालत गर्नु भयो कि १५० बर्ष देखि भारतमा राज गरिरहनु भएको छ त पनि दलित समुदायमा हुने अन्याय अत्याचारमा कुनै पनि कमी नभएको न त छुवाछुत अन्त्यका लागी कुनै ठोस कदम चल्नु भएको । बाबा साहबले ब्रिटिश सरकारको सामुन्ने यह स्पष्ट गर्नु भयो कि अछुत (दलित)का हिन्दु बाट फरक अस्तित्व है । यी गुलामी जस्तो जीवन यापन गर्नका लागी बाध्य छन । यिनीहरुलाई न त सार्वजनिक इनार बाट पानी लिने समेत अधिकार छैन । न त पढनपठान गर्नको पनि अधिकार छैन । नत सम्पत्ति राख्न पाउने अधिकार छ । अछुत के गर्ने अगाडी बढने त कसरी बढने । बाबा साहब डा.भीम राव अम्बेडकारले गोलमेज काँन्फ्रेसमा भारतका अछुत एंव दलितहरुको दैनिय अवस्थाको कुरा गर्दै यीनीहरुको सामाजिक, शैक्षिक तथा राजनीतिक स्थितिमा सुधार ल्याउनका लागी अछुत समुदायका लागी पृथक निर्वाचनकी माँग राख्नु भयो । पृथक निर्वाचनमा अछुतको दुई मत दिनु पर्ने थियो । जसमा एक मत अछुत मतदाता अछुत उम्मेदवारको दिनु पर्ने र अर्को मत यीनी सामान्य उम्मेदवारको मत दिनु पर्ने हुन्थ्यो । बाबा साहबले जुन तरिका बाट आफनो तर्क राख्नु भयो सो यति ठोस र अधिकार पूर्ण थियो कि व्रिटिस सरकारले बाबा साहबको समाने झुकना परियो । र १९३२ मा अछुतको लागी तत्काल योजनाको घोषणा हुदै पृथक निर्वाचनको माँगको स्वीकार भयो । वावा साहबले यी अधिकारको सम्बन्धमा भन्नु भयो कि पृथक निर्वाचनको अधिकारको माँग बाट हिन्दु धर्मका कुनै अहित हुदैन । हामी त उनी सवर्ण हिन्दुको उपर आफनो भाग्य निर्माणको निर्भरता बाट मुक्ति चाहिरहेका छौ । लेकिन माहात्मा गाधी पृथक निर्वाचनको विरोध गर्नु भयो उनी यो पृथक निर्वाचन चाहि रखेका थिएनन कि अछुत समाज हिन्दु बाट अलग हो उनी अछुत समाजको हिन्दुको एक अभिन्न अंग मानी राखेका थिए । बाबा साहबले गाधी जी संग प्रश्न गर्नु भयो कि अछुत हिन्दुहरुको अभिन्न अंग हुन भने उनीहरुको साथमा जानवर जस्तो ब्यवहार किन गरिन्छ । तर गाधीले कुनै जवाफ दिन सक्नु भएन । बाबा साहब गाधी संग भन्नु भयो कि मोहन दास करम चन्द गाधी आपने अछुत समुदायको एक धेरै राम्रो नर्श हुन सक्नु हुन्छ लेकिनमा वहाँहरुको आमा हु । र आमा आफनो बच्चाहरुको लागी कहिले पनि दुब्र्यवहार हुन दिदैन । त पनि गाधीले पृथक निर्वाचनको विरुद्ध पूनाको जेलमा आमरण अनशन बस्नु भयो । यहि एक अधिकार थियो जस बाट करोडौ अछुत समुदायको नयाँ जीवन मिल्न सकथियो र बर्षो बर्ष देखि चलि आएको गुलामी बाट मुक्त हुन सक्थे तर गाधी ज्युको आमरण अनशनको कारणले बाबा साहबको सपना माथि अघात भयो । तर लामो समय सम्म आमरण अनशनको कारण गाधीको अस्वास्थ्य बढदै गयो गाधी र बाबा साहबको सहकर्मीहरु बीच झैझगडा हुने कुरा आउन थाले पछि र बाबा साहब माथि दवाव पार्न शुरु भयो कि आफनो पृथक निर्वाचनको माँग फिर्ता लिनु पर्ने र बाबा साहब पनि आफनो माँग फिर्ता नलिने में हुनु हुन्थ्यो । उत गाधी पनि आफनो अनसनमा बसेका थिए । यी दुवैका बीच सर तेज बहादुर सप्रु ज्यूले कुरा गरेर बीचको बाटो निकाल्ने प्रयास गरि राख्नु भएको थियो । २४ सितम्बर १९३२ को सरतेज बहादुर सप्रुले दुवै संग मिलेर एक सम्झौताका सस्यौदा तयार गर्नु भयो जसमा बाबा साहबको पृथक निर्वाचनको माँग फिर्ता लिनु पर्ने र गाँधीको केन्द्रिय, राज्यहरुको विधान सभा तथा स्थानीय संस्थामा अछुतको जनसंख्या अनुसार प्रीतनिधित्व गर्ने र सरकारी नोकारीमा पनि प्रतिनिधित्व हुने ब्यवस्था गर्ने भन्ने कुरा सहमति थियो । यी बाहेक शैक्षिक संस्थाहरुमा अछुतहरुको विशेष सेवा सुविधा दिने ब्यवस्था थियो दुवै नेताहरु यस सम्झौतामा सहमति भयो ।
२४ सितम्बर १९३२ को दिन यी सम्झौता माथी दुवै पक्षका समर्थकहरुले हस्ताक्षर गर्नु भयो । यस सम्झौताको पुना पैक्ट सम्झौता भनियो । पुना पैक्टमा पृथक निर्वाचनको सटटामा अछुतहरुको लागी आरक्षणको ब्यवस्था राख्नु भयो । आरक्षण दलितहरुको संवैधानिक तथा दलितहरु मथि भएको शोषण दमनको केही क्षतिपूर्ति हो आरक्षण भिख होइन र तर जुन कि पृथक निर्वाचनको अगाडी बहुत न्यून थियो । तर पनि गाँधीको ज्यान बचाउनको लागी करोडो अछुतको हक तत्काल दिलाउनको लागी लामो समय सम्म रोक्नु पर्यिो । तथा आँखामा आसु लिएर बाबा साहबले पूना पैक्टमा हस्ताक्षर गर्नु भयो । यस सन्दर्भमा बाबा साहबका नाम अमर रहने छ किन कि उनले गाँधीको जीवन दान दिनु भयो ।
सोही दिन बाबा साहबले पूना पैक्टका बहिष्कृत (धिक्कार) दिवसको आयोजना गर्नु भयो । बाबा साहबले भन्नु भयो कि पूना पैकट पर हस्ताक्षर गरेर म आफनो जीवनमा सब भन्दा बढी गल्ती गरेको छु । म यो गर्नका लागि बजबुर भए । म तपाईहरुको उची निची यी विभेद, पर्खाल बाट मुक्ता गर्न चाहेका थिए । तर गाँधी ज्यूले पूना पैक्टमा हस्ताक्षर गराएर समय सीमा बढाई दिनु भयो । बाबा साहबले आफनो जीवनमा कहिले पनि गाँधी जीलाई महात्मा मन्नु भएन । ज्योतिबा फुले जीको सच्चा महात्मा मानि रहेका थिए ।
एक कार्यक्रमको उद्घाटनमा एक जना महरा समुदायका मोचीका काम गर्ने ब्यक्तिलाई खादा दोसल्ला ओढाएर नयाँ तरिकाले उदघाटन गरियो । महरा बर्षो देखि काठमाडौमा मोचीको काम गरिरहेका जातिलाई हेला नगरौ सबैलाई सम्मान गरौ जातिविभेद अन्त्यका लागि दलित, गरिब र सवै कामको आफनो भुमिका छ सवैलाई सम्मान गरौ भन्नु भयो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका माननीय मन्त्री ज्यूले भन्नु भयो कि नीतिनियम मात्र भएर हुदैन कार्यान्वयनका लागि नेता र नेतृत्व हुनु पर्दछ । मान्छेले आफनो स्वार्थ पुरा गर्नका लागि गलत पनि गर्दछन । दलितको समस्या राज्यको समस्य हो दलितको मात्र होइन तर दलितको समस्य समाधानको लागि गैर दलितले बोल्नु पर्दछ । भाषा र परिभाषाको दुरुपयोग गरेर द्धन्द हुन्छ दलितहरुको अधिकार कसैले दान दिएको होइन संघर्षको उपलब्धी हो । भनाईको अर्थ आरक्षण कुनै पनि ठाउँमा दिनु भीख होइन वहाँहरुको अधिकार हो ।
समाजसंग सम्बन्धित कुरा
२० सितम्बर १९५१ को लोकसभामा बाबा साहब डा. अम्बेडकरले भन्नु भयो कि रामायण कालमा हिन्दु कोड विल जस्तो कानून भएको भए सीताको घर बाट बाहिर निकाल्नको लागी मर्यादा पुरुषोत्तम भन्ने राममा हिम्मत हुदैन थियो । छलफल हिन्दु कोड विल माथि चालिरहेको थियो । हिन्दु कोड बील महिलाहरुको समानता तथा स्वतन्त्रतापूर्वक अधिकार सुनिश्चित गराउनका लागि डा. अम्बेडकारद्धारा प्रस्तुत गरिएको थियो । उक्त समय सम्मा भारतका महिलाहरुको जुन अधिकार प्राप्त थियो सो मनुले बनाएको कानूनको आधारमा अधिकार थियो । महिलाको आफनो श्रीमान संग सम्बन्ध विच्छेद (तलाक) को अनुमति थिएन । चाहे पुरुष जति शोषण, दमानकारी, हिंसात्मक तथा कुलतबाट भरिए पनि किन न होस । जब कि पुरुषले जति खेरा पनि श्रीमति छोडन सक्द थियो र पुरुष जति पटक विवाह गर्न सक्दथियो । सम्पत्तिको हिसावले महिलालाई दाँसी बनाएर रखेको थियो । श्रीमति, छोरी तथा दाँस यी तिनों संग सम्पत्ति हुन सक्दैन । यीनीहरु जसले सम्पत्ति संरचित गर छन उनीहरुको यिनी श्रीमति वा बच्चा वा दाँस हुन ।
मनु द्धारा बनेको महिलाहरुको लागी नियम तथा आदर्शहरु, मनुले भन्नुहुन्छ,-महिलाहरु आफनो श्रीमानको जीवन भरी आदेशको पालना गर्नु पर्ने, महिलालाई राख्नको लागी बुवा वा दाईभाईले जिम्मेवारी दिन्छन । सो पुरुष सकारात्मक हो या नकारात्मक हो वा अन्य कुनै महिला माथि अकर्षक हो । तथा उक्त ब्यक्ति गुणहिन, कुसंस्कारित हो । त पनि पतिब्रता स्त्रीको लागी सो पुरुष देवता सरह समान पुजनीय छ । यस प्रकार महिलाहरु पुरुषवादी समाजमा एक सभोगका वस्तु बनेर बसेका थिन ।
स्वतन्त्रता पछि बाबा साहब डा. भीमराव अम्बेडकारले महिलाहरुलाई पनि मानव सम्झेर यिनीहरुको मानसिक, सामाजिक, राजनीतिक तथा स्वतन्त्रताको बारेमा विस्तृत रुपमा अध्ययन गर्नु भयो । देश विदेशमा महिलाहरुको पृदत्त अधिकार तथा स्वतन्त्रताका विस्तृत मुल्याँकन गरी महिलाहरुको स्वाभिमान तथा स्वतन्त्रता दिलाउनका लागी बाबा साहबले लोक सभामा हिन्दु कोड विल प्रस्तुत गर्नु भयो । साथै बाबा साहब ज्यूले भन्नु भयो कि मलाई भारतीय संविधान निर्माण भन्दा अधिक चासो तथा खुशी हिन्दु कोड बील पारित गर्नुमा छ ।
डा.बाबा साहब अम्बेडकर द्धारा प्रस्तुत हिन्दु कोड विलमा महिलाहरुको सम्पत्तिमा बराबार हिस्सा, छोरीको बुवाको सम्पत्तिमा हिस्सा, एकपत्नित्वका बंधन, अन्तरजातिय विवाहको मान्यता, वारिसोका सम्पत्तिमा हिस्सा, खराब पतिबाट तलाक लिन पाउने अधिकार लगायतका कुराहरु समावेश गर्नु भएको थियो ।
तर जसरी यो हिन्दु कोड बील लोक सभामा आयो सनातनी हिन्दु धर्मालम्बीहरुमा खलबाली मच्यिो । परा देश भरमा यस बीलको विरुद्ध भयो तथा हिन्दु धर्म संकटमा छ भन्ने कुराले नारा बाजी भयो । राष्टपति राजेन्द्र प्रसाद पनि भन्नु भयो कि यो बील पास हुन भएन नत अन्याय हुन जान्छ । डा. अम्बेडरकार उक्त समयमा महिलाहरुको अस्मिताको लागि एकलै लडाई लाडिरहेका थिए । पुरा हिन्दु समाज उनको विरुद्ध भइसकेको थियो । अन्तमा जब वहाँलाई लागियो कि हिन्दु समाजको कारणले हिन्दु कोड विल पास हुदै तब बाबा साहब डा. भीम राम अम्बेडकारले कानून मन्त्री पदबाट राजीनामा दिनु भयो । पछि सोही बील छुटटाछ्टटै पाट र समयमा पास गरियो ।
डा.भीम राव अम्बेडकार कुनै एक बर्ग समुदायको नेता नभई वहाँ हरेर समुदायका नेता हुनु हुन्थ्यो जो उत्पीडित तथा शोषित छन । उनी विश्व तथा राष्ट्रिय नेता हुनुन्थ्यो । स्वतन्त्रता, समानता, भाइचरा सम्बन्धत्मकको उनी आदर्श मानिरहेका थिए । उनी प्रत्येक समय गरिब, विपन्न, शोषित, पिडितहरुको आवाज हुनु हुन्थ्यो । चाहे महिला, दलित, पिछाडा वर्ग जो सुकै होस ।
अम्बेडकारवादी नेपालमा किन ?
बाबा साहब डा. भीमराव अम्बेडकर छुवाछुत विरुद्ध संघर्षकर्ता, स्वतन्त्रको लागि लडाई गर्ने, महान समाज सुधारक, भारतीय संविधान निर्माणकर्ता, दलित तथा मजदुरका मसिहा, दलित अधिकारको हिमायती, जमीदारी उन्मुलनको जनक, शुद्र वर्णको सवभन्दा ठुला पक्षकार, मानवता तथा समानताका लागी लडाने महान ब्यक्ति, जुन बेला मनुवादीहरुले पोखरीमा पानी खाना दिन्थेन्न सो बेला छुवाछुतको अन्त्य, वर्ण एवँ जातिय विभेदका विरुद्ध लडाने ब्यक्ति थिए र भारतका बौद्ध धर्मका उद्धारक, अनुसुचित जातिका आर्थिक उत्थानको सवाल उठाउने, लोकतन्त्रको प्रबल समर्थक तथा सामाजिक परिवर्तनका पुरोधा लगायत अत्यिाधिक समुदायको सवालको पहिचान तथा समाधनको लागी किताब प्रकाशन गरिएको र देश विदेश बाट विभिन्न विषयमा शिक्षा प्राप्त तथा प्रतिनिधित्व गरेको महामानव डा.भीमराव अम्बेडकर एक सामान्य परिवारमा जन्म लिएर भारतको संरचना बदल्दै संसारका दलित गरिब, पिछडावर्गहरुलाई एउटा मानवहरुलाई मानवताको जीवनको मार्ग दर्शन दिएर जानु भएको छ ।
वहाँको मार्ग दर्शन सफल तथा दलित गरिब, पिछडा वर्गहरुलाई विभिन्न विकृति वाट जोगाउन र समाधानको बारेमा वहाँको यस जन्मजयती, अम्बेडकारवादी तथा बौद्ध जागरणका लागी विभिन्न कार्यक्रमको अवसर बनाई उक्त दिनको समारोहमा वहाँले दिएर गएको मार्ग दर्शनको बारे छलफल गरौं चर्चा गरौं, आफनो र आफनो समुदायको अस्तृत्व बारे आफनो समुदायका बालबालिकालाई शिक्षित बानौं, संगठीत हौं र संघर्ष गरौं अमुल्य भनाईका साथ विचार दिएर जानु भएको छ । हामी अधिकाँश नेपालका बासोबासीहरु भारतीय संस्कृति, रहनसहन र अन्धविश्वास धेरै लिएका छौ जस्तै सवै देवी देवताहरुको जन्म स्थल भारत रहेको सुनिन्छ र मानिन्छ । सोही अनुसार नेपाल चाडपर्व, रितीरिवाजहरु परिचालन भई रहेका छन । मानवमा इन्सानियत नभएको मानव मानवमा विभेद, कुकुर, गाई गोरुले पानी खाना पाउने तर मानिसले पानी ताल, पोखरीमा समेत पानी खाना नपाउने अन्धविश्वास बाट जाकडेका, महिलालाई शिक्षा दिने ब्यवस्थालाई जोडदै लोकतान्त्रिक गणतन्त्रका लागी लडने एक महान ब्यक्ति हुन वहाँले शुद्र जातिको लागी मात्र नभई सम्रग महिला जातिलाई शिक्षाको बाटो खुल्नुका साथ, शुद्र समुदायलाई शिक्षा, पोखरी तथा तालमा पानी खाने तथा सभाहरुमा सहभागी हुन पाउने ठुलो अभियान संचालन गर्नु भएको छ । त्यसकारणले गर्दाको विचारलाई सम्मान गर्दै नेपालमा रहेका बौद्ध तथा अम्बेडकरबादी विचार धाराका ब्यक्तिहरु वहाँको जन्मजन्यती तथा विभिन्न कार्यक्रमको आयोजना लागी वहाँले गरेको कार्य तथा प्रकृया बारे बुझि हामीलाई पनि अगाडी बढनु पर्ने हुन्छ । सामाजिक समस्याका कारण तथा सोको निकास बारे विभिन्न किताब बाट स्पष्ट गर्नु भएको छ ।
कुन हिसावले कस कसले यहाँको जन्मजयन्ती वा अम्बेडकारवादी कार्यक्रम मनाई रहेका छन भने कुरा मनमा लाग्न सक्छ होला आजको दिन गरिब, पिछडावर्ग, दलित, महिला, बहुजन, मुल निवासी एवं मुस्लिम, शुद्र तथा वैश्य समुदायका ब्यक्ति, नेता र शिक्षित ब्यक्तिहरुले वहाँको महान विचार तथा योग्यता र क्षमताको जयजयकार मनाई रहेका छन । उक्त दिनको साझा पाखा दिपावली मनाउने, राम्रो राम्रो खाना पकाउने, छरछिमेकमा मिठाई वितरण गर्ने, रैली, गोष्ठी, बृहत बहुजन जागरण, भाषण आदि उत्सहको साथमा जन्मजयन्ती मनाउने तयारी गरिएका छन । त्यति मात्र नभएर विवाहित छोरीहरुलाई अरु पर्वको दिन तिउहारी नदिई यस दिन तथा बुद्ध पूर्णमाको दिने केही अम्बेडकारवादीहरुले शुरुवात पनि गरि सकेका छन यो समुदायले अनिवार्य रुपमा अपानउनु पर्ने हुन्छ । वहाँले मानव जीवनको लाई धेरै कुरा गर्नु भएको छ । शिक्षामा जोडदिदै भन्नु भएको छ कि “शिक्षा ऐसा शैरनीका दुध है जो पिएगा वही दहडेगा” भनाई शिक्षा यस्तो बाघ (शेरनी) को दुध हो जो खान छ उसले आवश्यक र तार्किक बोल्दछ । वहाँले भन्नु भयो कि आन्धविश्वास, कुसंस्कृतिलाई तोडनु पर्दछ । शिक्षामा जोडदिनु पर्दछ । जब जब मन्दिरको घण्टा बाज छ जब मानिस गुम्रहा हुन्छन नदेखिकन र नसम्झीकन, विना जाने रकम दिने कार्य हुन्छ । पैसा मन्दिरमा चढाउन देवाले भन्दैन पुजारीले भन्दा किन कि पुजारीको त्यो धर्म होइन धन्धा वा ब्यवसाय हो । ब्राम्हण समुदाय बाहेक आज सम्म कुनै मन्दिरमा अन्यजात पुजारी छैन यो राजनीति वा एक जाति भन्दा अर्को जाति बाट सर्व श्रेष्ट बन्न र दवाउनका लागी गरिएको मनुवादी ब्यवस्था हो । घण्टी बजाउनु बैज्ञानिक कारण पनि हुन सक्छ होला तर यस संग जोडेर बाहिरा लिएका देखिदैनन । र घण्टी जब विद्यालयमा लाग्दछ तब धेरै कुराको ज्ञानदिन शुरु गर्दछ जस्तै पहिलो विद्यालयको घण्टी छिटो आउनुस एक जुट हो, समयको ध्यान दिलाउछ, कक्षा शुरु भए पछिको घण्टी नयाँ चिज विषयवस्तु सिखान पाईन्छ, सम्मान गर्ने तारिका सिकिन्छ, आफनो विचार एकअर्का संग सटासाट गर्न पाईन्छ जबजब विद्यालयको घण्टी लाग्छ केही नकेही कुरा सिकाउछ । सोही मन्दिरको घण्टी जुनजुन बेला लागइदै गईन्छ त्यति नै मानिसहरुले अन्धविश्वासमा फस्दै जान्छ । यो पनि हाम्रो समाजलाई गुलाम बनाएको छ । म जुन धर्मको मनछु त्यो मानवताको धर्म हो म सो धर्म बन्दैन जुन कि जन्मजात श्रेष्ट वा विभेद गदैछ । साथै वहाले एउटा यो पनि भन्नु भएको छ कि मानिस जिवित छ रकम कमाई रहेको छ खाना खाई रहेको छ त पनि मृत्यु हुन्छ । जीवित रहेको छ कि कमाउन सकु, कमाई रहेको छ कि खान सकु र खाई रहेको छ कि जीवित हुनका लागी, तर फेरी मानिस मारिहाल्छ । र मृत्यु हुने डरले डराईरहेको हो भने अहिले मारि हाल्नुस मामला खत्म, परिश्रम बच्छ मृत्यु सवैको एक दिन हुन्छ यो निश्चित छ ।
समाजका लागी जिउनु, जिवनका एउटा उद्देश्य बनाउनुस, गुलामीको जंजीरमा बाधिएका समाजको आजाद गराऔ, आफनो र आफनो बच्चाहरुको पालनपोषण त एउटा जनवार पनि गरी रहेको छ । मेरो विचारमा मानिस सोहो जसले समाजको लागी चिन्ता गरीरहेको र समाजको लागी कार्य गरिरहेको छ ।
डा.भीमराव अम्बेडकर ज्यू भन्नु भयो कि म र मेरो समाजले शदियो देखि शोषित पिडित तथा अन्यायको शिकार बनी रहेका छन । यसको मुख्य कारण हो हिन्दु समाजको वर्ण ब्यवस्था यो ब्यवस्थामा हिन्दु समाजको ब्राम्हण, क्षेत्री, वैश्य, र शुद्र नामक चार वर्णमा विभाजन गरिएको छ । शुद्र त नाम बाटै स्पष्ट छ कि (सानो, हिन, निच) मानी रहेका छन । अथार्त तीन वर्णोका सेवा गर्नु यिनीहरुको कर्तब्य बनी सकेको थियो । विस्तारै विस्तारै शुद्र समुदायको यति घ्रिणीत नजरले हेर्न लागे कि शुद्रको पशु भन्दा हिन मान्ना लागे र अन्य तीन वर्णले अन्याय, अत्याचार, शोषण, दमन विभेद अधिक गरिरहेका थिए । पुरै शुद्र समाज दुःख बाट जीवन भन्दा मृत्यु मागी रहेका थिए । तर केही दिन पछि प्रातः स्मरणी भारतरत्न बाबा साहब डा भीम राव अम्वेडकर ज्यूले यो समुदायको उन्नतिको लागी परतंत्रताको समय देखि विषेश हक दिलाउनका लागी जीव जानबाट प्रयत्नशील हुनु हुन्थ्यो । र यो समुदायको लागी संविधानिक ब्यवस्था अन्तरगत विभिन्न सेवासुविधा पाउनका लागी साथै राजनीतिक स्थानमा पनि विधान सभा, लोकसभाको लागी केही सीट सुरक्षित गरियो । जुन कि उक्त सीटमा सोही वर्णका ब्यक्तिहरु मात्र प्रतिनिधित्व गर्न मात्र पाउने र सोही सुविधालाई आज आरक्षण भनेर जान्ने गरिन्छ ।
नेपालको राजनीतिक सन्दर्भमा हेर्दा तत्कालमा राज्यको नयाँ संरचना अनुसार दलितहरुलाई सहभागि गराउने जनप्रतिनिधिहरुको रुपमा एक प्रकारको परिवर्तन पनि आएको छ । स्थानिय तहमा प्रत्येक वडामा एक जना दलित महिला हुनु पर्ने ब्यवस्था भएको पनि छ । त्यसै गरि साँसदहरुमा पनि केही जनाले सहभागी हुने अवसर पाएका छन । केही ब्यक्तिहरु भन्ने गर्दछन कि दलित तथा महिलाहरुलाई प्रत्येक वडामा एक एक जना अनिवार्य निवर्चित हुने ब्यवस्था राज्यले त ल्याएको हो तर दलित समुदाय यो ब्यवस्था माँगेको थिएन अधिकार प्राप्त निर्णयक तथा दलित आरक्षण क्षेत्रको माँग गरिरहेका थियो । यसले देशमा सहभागिता देखाई रहेको छन तर अधिकार विहिन रहेको छ यो कुरा धेरै दलित जनप्रतिनिधि महिला संग कुरा गर्दा आएको छ ।
डा. भीम राव अम्वेडकर शोषित, पिडित, विभेद तथा महिला वर्गहरुका लागि महान पुरुषको रुपमा जन्म लिनु भएको देखिन्छ । धर्म भन्दा कर्म बाट भारतमा दिएर गएका हुन सोही हिसावले नेपालमा पनि सांस्कृति, समाज, संरचना उस्तै रहेकोले वहाँको समानताको लडाई पछि मात्र नेपाल भारतमा दलित महिला मात्र अगाडी बढेका छन र वहाँको यो समुदायले आफनो तनमन धन समेत मन्ना तर रहेकोले प्रत्येक बर्ष १४ अप्रैलका दिन कार्यक्रम गदै आफनो घरमा दिपावली मनाउने गर्ने पर्दछ ।
यस समुदायमा कार्य गर्ने ब्यक्तिलाई सम्मान गरौ, उत्साह तथा उत्प्रेरण दिऔं र यस्ता महान पुरुषको बर्षमा एक पटक, एकजुट भई जन्मजयन्ती मनाऔ र मनाउने संस्कार बसाऔं भनाईको साथ वावा साहबको जीवानी तथा गरिएका प्रकाशन गरिएका केही किताबहरु पढै गरौ यो समुदाय, समाजलाई परिवर्तन गर्नका लागी आफु परिवर्तन हुदै समुदाय समाजलाई अगाडी बढाउनका लागी नियमित रुपमा काम गरौ । जय भीम नमो बुद्ध जय मुलनिवासी
माथी उल्लेखित समयमा एक जना ब्यक्तिले राज्य तथा समुदायको लागी यति धेरै कार्य गर्नु कुनै महान पुरुष बुद्धिजीवीले मात्र गर्न सक्छ वहाँ हुन भारतरत्न बाबा साहब भीमराव अम्बेडकर यस्ता महान पुरुषको जन्मजयन्ती उत्सहको साथमा मनाऔं वहाँका भनाईहरुलाई लागु गरौं, प्रचार प्रसार गर्दै दिएका सन्देश हामी मनन गर्दै अधिकारको लागी अगाडी बढौ ।
स्रोतः
भारत रत्न डा. भीमराव अम्बेडकर, धीरज पाकेट बुक्स प्रस्तुतकर्ता अवधेश कुमार चौबे
प्रतिक्रिया