मायादेवी अनलाइन वाणगंगा ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) ले महामारी रुप लिइरहेको बेला नेपालमा पनि यसको संक्रमण बढ्दै गएपछि सरकारले गरेको लकडाउनलाई पूर्ण पालना गरेर सुरक्षित रहन सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुले अपिल गरेको छ ।
लकडाउनका बेला कपिलवस्तुमा प्राकृतिक श्रोत साधन बनजंगल र खोलानालामा भइरहेको चोरी तस्करी प्रति ध्यानाकर्षण भएको बताउदै संलग्न गिरोहलाई कडा कार्वाही गर्नुपर्ने सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराईले माग गर्नुभएको छ ।
पछिल्लो समय बनक्षेत्रमा लकडाउनका बेला चोरी तस्करी गर्ने गिरोह सकृय भइरहेकोले त्यस्ता गलत गतिविधी गर्ने विरुद्ध आम उपभोक्तालाई समयमै सूचना दिई बन संरक्षणमा लाग्न महासंघ अध्यक्ष भट्टराईद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
बनजंगलको चोरी निकासी र नदीजन्य पदार्थको दोहनमा जिम्मेवार स्थानीय सरकार, प्रहरी प्रशासन र नागरिक चनाखो भई आम उपभोक्ताले गरेका गुनासोलाई तत्काल सुनुवाई गरी आवश्यक कार्वाही गर्नुपर्ने समेत बताइएको छ ।
साथै विज्ञप्तीमार्फत लकडाउन पालना गरी आमउपभोक्ता सदस्यहरु घरभित्रै बसेर नयाँ वर्ष मनाउने र सामाजिक दुरी कायम गर्नुपर्नेमा समेत जोड दिनुभएको छ ।
प्रतिक्रिया