१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाको द्रुत परिक्षण वाणगंगाका ४ जनामा मात्र, कपिलवस्तुभरी कति गरियो ?



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा (कोभिड-१९ ) कोरोनाको द्रुत परिक्षण अन्तरगत चार दिनमा ३ सय ९४ जनाको परिक्षण भएको छ । गत शनिवारबाट परिक्षण सुरु भएको थियो । शनिवार १८, आइतबार १ सय १५ र सोमवार १ सय २४ तथा मंगलवार १ सय ३७ जनाको जनाको परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।

अहिलेसम्म बिजयनगर गाउँपालिकामा १ सय ४२, महराजगंज नगरपालिकामा ७०, शुद्धोदन गाउँपालिकामा ४६, मायादेबी गाउँपालिकामा ५६, कृष्णनगर नगरपालिकामा ३४, शिवराज नगरपालिकामा ३० जनाको परिक्षण भएको छ ।

यस्तै कपिलवस्तु नगरपालिकामा १२, यशोधरा गाउँपालिकामा ३ र बाणगंगा नगरपालिकामा ४ जनाको टेस्ट भईसकेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख भगतले परिक्षण भएका सबै जनाको रिर्पोट नेगेटिभ अर्थात (कोरोना नभएको) आएको बताए । क्वारेनटाइनमा १४ दिन बसेकोहरुको परिक्षण भएको उनले बताए । प्रदेश नम्बर ५ सरकारको स्वास्थ्य निर्देशनालयले सात सय थान कोभिड डाईग्नोटिस्ट टेस्ट किड जिल्लामा पठाएको थियो । शुक्रवार परिक्षणका लागि जिल्लाका २० जना ल्याबका कर्मचारीहरुलाई तालिम दिईएको थियो ।

एक जना पालिकाका २ जना कर्मचारी गरी १० पालिकाबाट २० जना खटिएका छन । मंगलवार साँझसम्म कोही पनि कोरोना संक्रमित भेटिएका छैनन । साँझसम्म १० पालिकाले तयार गरेको एक हजार १२ क्वारेनटाइन बेडमा ८ सय ९४ जना रहेकोमा ६ सय ६ डिस्चार्ज भई हाल २ सय ९४ जना रहेको प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ५ : ३१ बजे