काठमाडौँ ।
सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय १२ दिन थप्ने निर्णय गरेको शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले जानकारी दिनुभयो । ।
कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ११ गतेदेखि लकडाउन गरिरहेको छ । पछिल्लो समय कोरोनाका सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि थप सचेतताको लागि लकडाउनको अवधि बढाइएको सरकारले जनाएको छ ।
अहिलेसम्म १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये एक जना निको भएका छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया