काठमाडौं ।
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका कोरोनाका शंकास्पद दुई जनाको परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको छ ।
उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ए बिल्डिङमा बस्दै आएका थिए । र्यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ ।
त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । उनीहरुको र्यापिड टेस्ट पोजिटिभ देखिएपछि सोमबार पाटन अस्पतालको आइसुलेसनमा लगिएको थियो ।
प्रतिक्रिया