१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

१२० जना मजदुरको बुटवलबाट उद्दार



बुटवल ।
सोलुखुम्बुबाट हिँडेर ११ दिनमा बुटवल आइपुगेका एक सय २० जना मजदुरको उद्दार गरिएको छ । बुटवल उपमहानगरपालिकाले तीन वटा बसमा उनीहरुलाई घर फर्कने वातावरण मिलाएको हो ।

दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका उनीहरु सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै हिँडेरै बुटवलसम्म आइपुगेका थिए ।

बुटवल उपमहानगरपालिकाले उनीहरुलाई निशुल्क खाना खुवाउनुका साथै स्वास्थ्य चेकजँच गरी घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  १२ : ४३ बजे