१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

दाङको कोरोना विशेष अस्पतालमा ९ जना आइसोलेसनमा



दाङ ।
दाङको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा अहिले ९ जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।
वीरगन्‍जबाट कैलाली पुगेकी संक्रमित महिलासँगै आएकि दाङकी एक महिला र उनका ५ परिवार तथा अन्य ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । उनले भने, ‘वीरगंजबाट आउनेमा दाङकी एक महिला भएको थाहा पाउना साथ हामीले सोमबार बेलुकी खोज गरी उनी र उनको परिवारलाई आइसोलेनमा पठाइसकेका छौं ।’अहिले उनीहरूमाथि उच्च निगरानी बढाइएको रिजालको भनाइ छ ।

अहिले आइसोलेनमा रहेकाहरूमा घोराही उपमहानगर १४ का ६ जना, एकजना सिमेन्ट कारखानामा कार्यरत रहेको र अरू २ जना राजपुर गाउँपालिकाको रहेका जिल्ला स्वास्थ्य कार्यालय कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । यस्तै, आइसोलेसनमा रहेका ९ जनाको स्वाब संकलन गरी कोरोना भएरनभएको जाँचका लागि पठाउने तयारी भइरहेको उनको भनाइ छ । यसअघि कोरोना संक्रमण आशंकामा आइसोलेसनमा राखिएका ४० जनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हाम क्‍वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको छ । यस्तै, दाङमा ३ सय ४२ वटा क्‍वारेन्टाइन बेड रहे पनि भारतलगायत तेस्रो मुलुकबाट आएका वा आफूलाई शंका लागेकाहरू त्यहाँ गएर बस्नेको संख्या अत्यन्तै न्यून छ । जिल्ला विभिन्‍न पालिकाहरूका अहिले ३९ जना मात्रै क्‍वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ९ : ५८ बजे