१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

फ्रान्समा मे ११ सम्म लकडाउन



एजेन्सी ।
फ्रान्समा लक डाउनको समयावधी पुनः थप गरिएको छ । लकडाउन बढाएर मे ११ सम्म जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ । फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्रोले कोरोना भाइरसको संक्रमण रोक्न मे ११ सम्म लकडाउन बढाइएको उल्लेख गरेका छन् ।

पछिल्लो २४ घण्टामा फ्रान्समा कोरोनाका कारण ५७४ जनाको मृत्यु भएको छ । यो सँगै फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब १५ हजार पुगेको छ ।

टेलिभिजनमार्फत संबोधन गर्दै राष्ट्रपति इमैनुएलले फ्रान्स कोरोना भाइरसको संक्रमणसँग लड्न तयार थिएन भनेका छन् । उनले फ्रान्ससँग अरुदेशमा जस्तो पीपीई, मास्क तथा अन्य सामग्री पर्याप्त नरहेको भन्दै अझै पनि दबाब रहेको बताएका छन् ।

देशका अन्य क्षेत्र जस्तै अस्पतालमा पनि कठिनाइ रहेको भन्दै उनले ११ मे पछि स्कुल खोल्न पाउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  १० : ११ बजे