१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भारतमा कोरोना संक्रमितको संख्या ९ हजार, ३२४ को मृत्यु



काठमाडौं ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यसमध्ये ३२४ जनाको मृत्यु भइसकेको छ । ९७९ कोरोना संक्रमित भने उपचार पछि स्वस्थ भइसकेका छन् । दिल्ली र महाराष्ट्रमा सबैभन्दा धेरै कोरोना संक्रमण देखिएको छ । दिल्लीमा आजसम्म सबैभन्दा धेरै सोमबार ३५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । अब दिल्लीमा मात्रै संक्रमितको संख्या एक हजार ५१० पुगेको छ । दिल्लीमा मात्रै कोरोनाले २८ जनाको मृत्यु भइसकेको छ । महाराष्ट्रमामा एक हजार भन्दा धेरै कोरोना संक्रमित छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा संबोधन गर्दैछन् । अहिले विहान १० बजे मोदीले संबोधन गर्ने कार्यतालिका रहेको बीबीसी हिन्दीले जनाएको छ । भारतमा आज लकडाउनको अन्तिम अर्थात २१ औं दिन हो । मोदीले आजको संबोधनमा लकडाउनको समय थप गर्ने अपेक्षा गरिएको छ । संक्रमणको दर उच्चरुपमा फैलिरहेका कारण भारतमा अझै लकडाउन थपिने करिब निश्चित छ ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ९ : ५२ बजे