१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाको उपचार गर्न चेल्सीका खेलाडी ड्रोग्बाले दिए अस्पताल



एजेन्सी ।
चेल्सीका लिजेण्ड खेलाडी डिडियर ड्रोग्बाले कोरोनाको उपचारका लागि आफ्नो अस्पताल दिएका छन् । आईभेरी कोस्टमा कोरोना संक्रमितको संख्या बढेसंगै ड्रोग्बाले कोरोना भाईरसको उपचारका लागि आफ्नो अस्पताल दिने निर्णय गरेका हुन् ।
उनले सो अस्पताल सन् २०१६ मा बनाएका थिए । अस्पताल आईभरी कोस्टको राजधानी अबिदजानमा अवस्थित छ ।
आईभेरी कोस्टका पूर्व खेलाडी लौरेन्ट पोकौको नाममा ड्रोग्बाले सो अस्पताल खोलेका थिए ।
पौको ६९ बर्षको उमेर बितेका थिए । सोही बर्ष ड्रोग्बाले सो अस्पताल खेलेका थिए ।
राष्ट्रिय नायकको उपाधि पाएका ड्रोग्बाले भाईरसबिरुद्ध लड्न आफ्नो अस्पताल प्रयोग गर्न दिएका हुन् ।
अबिदजानका क्षेत्रीय परिषद्का प्रमुख विसेन्ट तोह बी ईरीले देशभक्तिपूर्ण संकेतका लागि ड्रोग्बालाई विशेष धन्यवाद दिएका छन् ।
‘देशभक्ति कार्यका रुपमा मानिने यस उपहारका लागि ड्रोग्बालाई धन्यवाद दिन चाहन्छौ ।’ उनले भनेका छन् ।
सरकारले अबिदजानका १३ अस्पताल र देशभरका ४५ अस्पताललाई कोरोना भाईरसबिरुद्ध लड्न प्रयोग गर्ने घोषणा गरेको थियो ।
आईभेरी कोस्टमा कोरोनाको पहिलो संक्रमित व्यक्ति मार्च ११ मा देखिएका थिए ।
आईभेरी कोस्टमा अहिलेसम्म ५ सय ७४ मा कोरोनाको संक्रमण पुष्टि भएको छ । ८५ जना मानिस निको भएर घर फर्किएका छन् भने जसमा ५ जनाले ज्यान गुमाएका छन् ।

४२ बर्षका ड्रोग्बाले ६ बर्षको उमेर अबिदजान छाड्दै फ्रान्स पुगेका थिए । उनी सन् २००४ मा चेल्सी पुगेका थिए । उनले च्याम्पियन्स लिग जित्दै सन् २०१२ मा लण्डन क्लबबाट बिदा लिएका थिए । उनले सन् २०१८ मा फुटबल करियरबाट सन्यासको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २ बैशाख २०७७ मंगलबार ००:००  ८ : ३१ बजे