मायादेवी अनलाइन, वाणगंगा ।
मायादेवी साझेदारी बन उपभोक्ता समितिका अध्यक्ष अब्दुल अजिज खाँले नयाँ वर्ष २०७७ को अवसरमा बन उपभोक्ता सदस्य लगाएत स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष खाँले सरकारले गरेको लकडाउन पालना गरी आमउपभोक्ता सम्पूर्ण सदस्यहरु घरभित्रै बसेर नयाँ वर्ष मनाउने र सामाजिक दुरी कायम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पछिल्लो समय बनक्षेत्रमा लकडाउनका बेला चोरी तस्करी गर्ने गिरोह सकृय भइरहेकोले त्यस्ता गलत गतिविधी गर्ने विरुद्ध समयमै सूचना दिई बन संरक्षणमा लाग्न अध्यक्ष खाँले सवैलाई अनुरोध गर्नुभएको छ ।
यो समय हावाहुरी चल्ने, बनजंगलमा आगलागी हुने, चोरी निकासी हुने भएकाले आमभोक्ता सचेत हुदै प्राकृतिक श्रोत साधन र सम्पत्तिको संरक्षण र सम्वर्धनमा जुट्नुपर्ने अध्यक्ष खाँले बताउनुभयो ।
साथै बन विनास र हानी नोक्सानीले मानव जातीको अस्तित्व संकटमा पर्ने हुदाँ यसको संरक्षण र सम्वर्धनमा उपभोक्ता जागरुक हुनुपर्ने बताइएको छ ।
उहाँले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नेपाल सहित छिमेकी राष्ट्र भारतमा संक्रमण दर बढेर गएको बेला सरकारले यसको रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन उचित कदम भएको प्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
१ बैशाख २०७७ सोमबार ००:००
4
Shares
प्रतिक्रिया