दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ ।
विश्व कोरोना भाइरसले महामारीको रुप लिदै गएको र नेपालमा पनि दुई हप्ता देखि देशभर नेपाल सरकारले लकडाउनको घोषण गरेको छ ।
शिवराज नगरपालिका भित्र कोरोना रोग फैलिना नदिन समुदायमा रहेका व्यक्तिहरुलाई स्वास्थ्यबारे सचेत दिन महिला स्वयमसेविका र स्वास्थ्यकर्मी टोल टोलमा परिचालन गरिएको चुरामणी भट्टराईले बताए ।
शिवराज नगरभित्र देश विदेश वा नेपालको अन्य ठाउँवाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्न नगर प्रमुख नेत्रराज अधिकारीले अनुरोध गरे । नगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नगरबासीलाई सामाजिक दुरी कार्यक्रम गरि दैनिक क्रियाकलाप गर्न र महामारीबाट बच्न विषेश ध्यान दिनु पर्ने बताए ।
शिवराज नगरपालिका भित्र रहेको क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको ¥यापिड टेस्टको शनिवारबाट सुरु गरिएको छ । शिवराज नगरपालिका भित्र स्थापना गरिएको क्वारेन्टाईनमा ६८ जना राखिएको र १७ जनाको ¥यापिड टेस्ट गर्दा नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख चुरामणी भट्टराईले जानकारी दिए ।
प्रदेश नं. ५ सरकारले स्वास्थ्य निर्देशनालयले कोभिड १९ टेस्ट किड जिल्लामा पठाएको छ । समाजिक विकाश समितिका प्रदेश न ५ का सभापति दीर्घ नारायण पाण्डेले २ सय थान पिपिई, ५ हजार थान ग्लोब्स र ५ हजार थान मेडिकल मास्क सामाजिक विकास मन्त्री सुर्दशन वराललाई हस्तान्तरण गरेका थिए ।
१ बैशाख २०७७ सोमबार ००:००
6
Shares
प्रतिक्रिया