मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. १ का बिशाल पोख्रेल ‘रबि’ले विपत राहत प्रकोप व्यवस्थापन कोषमा एक लाखको सहयोग गरेका छन् । सामाजिक ब्यक्तित्वको छवि कायम गरेका पोख्रेल हाल भारतको पन्जावमा रहेका छन् ।
उनका बुवा राम प्रसाद पोख्रेल, आमा सकुन्तलाले बुद्धभूमि नगरपालिकालाई एक लाखको चेक हस्तान्तरण गरेका छन् । कोरोना संक्रमणको महामारीमा लामो समयको लकडाउनमा परेका गरिब मज्दुरहरुको राहतका लागि रु. १ लाख प्रदान गरिएको बताए ।
बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशब कुमार श्रेष्ठले कोभिड–१९ कोरोना भाइरस बाट उत्पन्न प्रतिकूल अवस्थाबाट दैनिक गुजारा चलाउन नसक्ने ज्यालादारी श्रमिक, अति गरिब, असहाय र विपन्न परिवारलाई राहतका लागि रकम सहयोग गरेको सहयोगी ब्यक्तित्व पोख्रेल परिवारलाई धन्यवाद दिए ।
विश्वलाई आतंकित बनाएको कोभिड–१९ का कारण प्रभावित अति विपन्न र असाहय परिवारको दैनिकीमा ठूलो राहत पुग्ने नगरप्रमुख श्रेष्ठले बताए ।
भारतको पन्जाब ब्यवसाय गर्दै पोख्रेलको बुवा राम प्रसाद पोख्रेल, आमा सकुन्तला पोख्रेलले नगर प्रमुख श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत लिल बहादुर राउत, वडा नं. १ का अध्यक्ष तेज बहादुर बस्नेतलाई सो १ लाख रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
बुद्धभूमि नगरपालिकाको राहत कोषमा नगरपालिकाको तर्फबाट ७५ लाख, किडार्क नेपालद्वारा २ लाख ४१ हजार र पोख्रेल मार्फत १ लाख गरि कुल ७८ लाख ४१ हजार रहेको नि. प्रमुख प्रशासकीय लिल बहादुर राउतले जानकारी दिए ।
प्रतिक्रिया