रुपन्देही ।
तिलोत्तमा नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बिक्री नभए आफैले बेचिदिने भएको छ । नगरपालिकाले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार रुपैयाँ तोकेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिनुभयो । समर्थन मूल्य तोकिएपछि बिचौलियाको मनोमानी हट्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।
तिलोत्तमा नगरपालिकाले किसानलाई चालु आर्थिक वर्षमा एक सय ३६ मेट्रिक टन गहुँको बिउ ४० प्रतिशत अनुदानमा उपलब्ध गराएको थियो । अनुदानमा उन्नत बिउ पाएसँगै नगरपालिकामा गहुँ खेती बढेको कृषि शाखाले जनाएरको छ ।
यो वर्ष नगरपालिकाको दुई हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएकोमा ६ हजार मेट्रिक टन उत्पादन हुने अपेक्षा गरिएको शाखाले जनाएको छ । तिलोत्तमा नगरपालिकाले समेत निर्माण भइरहेको आफ्नो प्रमुख प्रशासनिक कार्यालय परिसरमा झण्डै तीन बिगाहा खेतमा गहुँ खेती गरेको छ । नगरपालिकाले वडा नम्बर १७ लाई गहुँको पकेट क्षेत्र तोकेको छ ।
१ बैशाख २०७७ सोमबार ००:००
0
Shares
प्रतिक्रिया